Neumine pvt. ltd. Quick Review
                               

Banner ads only $3000/month pls contact
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Live.com Top 50 websites Top youtube Channels google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन सङ्क्रमण पनि रोक्छ’

खोप

एउटा पछिल्लो अध्ययनमा हाल नेपाल लगायत कैयन् देशहरूमा प्रयोग भइराखेको अक्सफोर्ड आस्ट्राजेनेका खोपले कोभिडको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने देखिएको छ।

अर्थात्, उक्त खोपको प्रयोगले कोरोनाभाइरसको सङ्क्रमणमा ‘उल्लेखनीय’ गिरावट आउनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

महामारी विरुद्ध अस्त्र

महामारीको भविष्यबारे धेरै विषय अज्ञात रहेका बेला उक्त खोपले सङ्क्रमणमा समेत असर पारेको देखिएपछि यसले अब महामारीलाई नियन्त्रण गर्न सघाउन पुग्ने विश्वास गरिएको छ।

सङ्क्रमण रोक्न सफल हुनु निकै महत्त्वपूर्ण मानिन्छ।

यदि खोपले केवल गम्भीर रोगबाट मात्र जोगाउँछ तर खोप लगाएका व्यक्तिले अझै भाइरस अरूलाई सारिरहन सक्छन् भने सबैजनाले खोप नलगाएसम्म पूर्ण सुरक्षा प्राप्त हुँदैन।

तर यदि खोप लगाएपछि उक्त व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्तिहरू पनि सुरक्षित हुन पुग्छन्। यसो हुँदा महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुनसक्छ।

अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीहरूलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो।

सो अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिहरूमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो।

“यो आँकडाले के देखाउँछ भने खोपले सङ्क्रमणलाई घटाउन पनि उल्लेखनीय प्रभाव पारिरहेको छ,” अध्ययनमा उल्लेख छ।

‘एकै मात्राले पनि राम्रो सुरक्षा’

साथै उक्त खोपको एकै मात्राको प्रयोगले पनि मानिसहरूलाई कोभिडबाट राम्रो सुरक्षा प्रदान गरेको हालसम्म अप्रकाशित उक्त अध्ययनमा देखिएको छ।

पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि उक्त खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ।

यूकेले सकेसम्म धेरै मानिसलाई चाँडो खोप लगाउन भन्दै पहिलो मात्रा लगाइहाल्ने कार्यलाई प्राथमिकता दिएको थियो।

यसले धेरै मानिसलाई केही सुरक्षा दिएर ज्यान जोगाउँछ भन्ने ठानिएको थियो तर यसो गर्दा खोपको दोस्रो मात्रा प्राप्त गर्न मानिसहरूले तीन महिनासम्म कुर्नुपरेको छ।

यो अध्ययनमा यूके, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सामेल थिए।

अध्ययनमा एकै मात्राले पनि सो तीन महिनाको अवधिसम्म ७६ प्रतिशत सुरक्षा प्रदान गरेको पाइयो। दुई मात्रा लिनेहरूको हकमा सुरक्षा प्रभावकारीता ८२ प्रतिशत रह्यो।

अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्राध्यापक एन्ड्र्यु पोलार्ड भन्छन्: “यस (आँकडा)ले सरकारको एकै मात्रा पहिले धेरैलाई दिने नीतिको समर्थन गरेको छ।”

यसबीच फ्रान्सले भने अक्सफोर्ड खोपलाई ६५ वर्षभन्दा माथिका उमेरका व्यक्तिमा नलगाउने निर्णय गरेको छ।

बढी उमेरका व्यक्तिमा खोपको प्रभावकारीताबारे पर्याप्त आँकडा उपलब्ध नभएको भन्दै उसले सो निर्णय गरेको जनाइएको छ।

source: bbcnepali

Enter new domain name to register

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.