neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


एउटै परेवाको मूल्य १६ लाख युरो

न्यू किम
REUTERS
किम

बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरोमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ।

न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो।

तर त्यसलाई चीनका एकजना खरिदकर्ताले आइतवार हालसम्मकै उच्च रकममा खरिद गरेका हुन्।

त्यो परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले “आश्चर्यचकित” भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा बिक्रीमा कीर्तिमान् राखेको थियो।

त्यो परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो।

पहिलेको कीर्तिमान्

अर्मान्डो नामको उक्त च्याम्पियन रेसर परेवालाई फर्मुला वानका विश्व च्याम्पियन “लुइस ह्यामिल्टन”को नाम जोडेर “परेवाहरूको लुइस ह्यामिल्टन” भन्ने गरिन्थ्यो।

सन् २०१९ मा बिक्रीका लागि राख्दा उक्त परेवा पहिले नै निवृत्त भइसकेको थियो र कैयौँ चल्लाहरूको पिता बनिसकेको थियो।

न्यू किमले सन् २०१८ मा राष्ट्रिय मध्यम-दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितेको थियो। तर त्यसपछि उ निवृत्त भएको थियो।

अर्मान्डोकै जस्तो न्यू किमलाई पनि दुईजना चिनियाँ खरिदकर्ता बीचको बोलकबोल युद्धपश्चात् एकजनाले किनिएको हो।

चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ।

Presentational grey line

प्रयोग

रेसिङमा प्रयोग गरिएका परेवाले पनि उनीहरू १० वर्षको हुँदासम्म चल्ला पार्न सक्छन्।

न्यू किमका नयाँ मालिकले पनि उसलाई बच्चा जन्माउनका लागि प्रयोग गर्ने ठानिएको छ।

तर लिलामीकर्ताले चाहिँ त्यसले बिक्री अझ असामान्य हुन गएको बताए।

लिलामी केन्द्र पिपाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत निकोलास गाइजलब्रेक्टले रोयटर्सलाई भनेका छन्, “यो कीर्तिमानी मूल्य विश्वासै गर्न नसकिने खालको छ किनकि यो परेवा पोथी हो।”

“सामान्यतया: पोथीभन्दा भालेको धेरै मूल्य हुन्छ किनभने भालेले धेरै वंश विस्तार गर्न सक्छ।”

उनका अनुसार बेल्जियम लामो समयदेखि परेवा प्रेमीको घर बनेको छ। त्यहाँ २० हजार परेवा प्रजनन् गराउनेहरू छन्।

source: bbcnepali

For Web hosting and Domain Registration/Renew: Contact No. : +977 9810125888

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.