neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


कुलमानको कमाल : विद्युत् प्राधिकरण बन्यो सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । यसैबीच प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पूरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नाफामा जान थालेपछि प्राधिकरण नयाँ आयोजनाको कार्यान्वयनका लागि आफैं स्रोत जुटाउने क्षमतामा रहेको भन्दै सरकारले जुटाइदिने स्रोतहरु अरु पूर्वाधार क्षेत्रमा खर्च गर्न सकिने अवस्था रहेको समेत उनको भनाइ थियो । आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४/७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताए । विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उद्धेश्य लिएको छ । 

प्राधिकरणले २०७२/७३ मा २५ प्रतिशत रहेको विद्युत् चुहावटलाई २२.९ प्रतिशत, २०.४५ प्रतिशत, १५.५२ प्रतिशत हुँदै चौथो वर्षसम्म १५.२७ प्रतिशतमा झारेको जनाएको छ । अबका वर्षहरुमा यस्तो चुहावट १० प्रतिशत भन्दा तल झार्ने लक्ष्य लिएको छ ।   

ग्राहकको संख्यामा समेत योबीचमा उल्लेख्य रुपमा बढेको प्राधिकरणले जनाएको छ । योबीचमा ग्राहक संख्या अहिले बढेर ४७ लाख ८५ हजार पुगेको जनाइएको छ । आगामी २ वर्षभित्र ६० लाख अर्थात् सबै नेपालीहरुको घरमा आधुनिक स्वच्छ उर्जा पुर्याउने लक्ष्य समेत प्रधिकरणले लिएको कार्यकारी निर्देशक घिसिङले बताए । ४ वर्षको अवधिमा विद्युत्को यो पहुँच ७८ प्रतिशतबाछ बढेर ८६ प्रतिशतमा पुग्न सफल भएको हो । 

प्रसारण लाइनतर्फ समेत प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ । ४ वर्षअघि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ४ हजार २ सय ७५ किलोमिटर पुगेको तथा २६ हजार वितरण ट्रान्सफर्मरको संख्या समेत बढेर ३५ हजार ५ सय पुगेको र आगामी ४ वर्षभित्र थप १० हजार ट्रान्सफर्मर थप गरिने योजना रहेको समेत जनाएकोे छ । 

त्यस्तै, चार वर्षअघि ८ सय १ मेगावाट रहेको विद्युत्को आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको, ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत् निर्माणको चरणमा रहेको जनाइएको छ । अहिले विद्युत्को क्षेत्रमा ५ खर्ब रुपैयाँको थप लगानी सुनिश्चित भएको जनाइएको छ ।

अहिले प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्दै विद्युत्को निर्यात गर्ने, ४ वर्षभित्र काठमाडौं उपत्यकाका तारहरुलाई भूमिगत गराउने, भार प्रेषण केन्द्रलाई अत्याधुनिक बनाउने, कार्यालयहरुमा इन्टरप्राइज रिसोस प्लानिङ (ईआरपी) लागु गरिने र प्राधिकरणको छुट्टै डाटा सेन्टर स्थापना गर्ने समेत लक्ष्य लिएको जनाएको छ । २०४२ सालमा स्थापित प्राधिकरणले सोमबार ३५ औं वार्षिकोत्सव मनाउँदै यस्तो जनाएको हो । 

source: ratopati

For Web hosting and Domain Registration/Renew: Contact No. : +977 9810125888

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.