neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


नेपाल-भारत ऊर्जा बैठकमा नेपालका यस्ता छन् प्राथमिकता

विद्युत

बिहीवार सुरु भएको नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक विद्युत् प्रसारण र वितरण प्रणालीका विषयमा केन्द्रित हुने बताइएको छ।

सन् २०१४ मा दुई देशबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौताका आधारमा गठन गरिएको संयन्त्र भएकाले त्यसकै सेरोफेरोमा छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए।

दुई दिनसम्म चल्ने बैठकमा ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन र नयाँ प्रस्ताव गरिएको बुटवल-गोरखपुर प्रसारण लाइनबारे छलफल हुने अर्यालले बताए।

प्रत्येक छ महिनामा आयोजना गरिने बैठक यसपटक नेपालले आयोजना गर्नुपर्ने भए पनि कोरोनाभाइरस महामारीका कारण भर्चुअल माध्यमबाट छलफल अघि बढाइएको उनले जानकारी दिए।

प्राथमिकता

बैठकमा दुई देशले स्वीकृत गरेको गुरुयोजनामा आधारित रहेर अध्ययन थालिएको लम्की-बरेली र इनरूवा-पूर्णिया ४०० किलोभोल्टको प्रसारण लाइनको विषयमा पनि छलफल हुनेछ।

अर्याल भन्छन्, “११ वटा प्रसारण लाइन र भविष्यमा बन्ने पूर्वाधारका विषयमा कुराकानी हुनेछ। निर्माण गर्न बाँकी ४०० किलोभोल्टभन्दा कम क्षमताका प्रसारण लाइनका संरचनाहरूका विषयमा पनि हामी छलफल गर्नेछौँ।”

त्यस्तै दुई देशका ग्रीड जोड्ने विषय र टनकपुरबाट ट्रान्सफर्मरको क्षमता पनि बढाउने विषयमा नेपालले प्रस्ताव राख्ने बताइएको छ।

यसअघि भारतमा बसेको बैठकमा नेपाल विद्युत् प्राधिकरण र भारतको प्रसारण लाइन हेर्ने कम्पनी पावर ग्रीड कम्पनीले ५०-५० प्रतिशत लगानी गरेर बुटवल-गोरखपुर प्रसारण लाइन बनाउन निकाय खडा गर्ने तय भएको थियो।

“त्यो मुख्य थियो। यससम्बन्धी विषयमा प्रारम्भिक हस्ताक्षर भइसकेको छ। यसलाई स्वीकृति दिने प्रक्रिया दुवै देशमा हुँदै गर्छन्। एकै पटक सबै कुरा नभए पनि यस्ता बैठकहरूले कामहरू बिस्तारै अघि बढाउन मद्दत गर्छन्,” अर्यालले भने।

त्यस्तै दुई देशमा उत्पादन भएको विद्युत् खपतका लागि ‘एक्सचेन्ज मार्केट’मा प्रवेशका लागि सरकारले सहमति दिइसकेको अवस्थामा उक्त विषयमा थप कुराकानी हुने बताइएको छ।

“हामीले नेपाल विद्युत् प्राधिकरणलाई आधिकारिक निकाय तोकेका छौँ। भारतले पनि निकाय तोकेको छ। काम अघि बढाउनका लागि केही विषय व्याख्या गर्नुपर्ने देखिन्छ जसको छलफल यो बैठकमा हुनेछ,” उनले भने।

नेपाल अब निर्यातको चरणमा जाँदै गरेको अवस्थामा बैठक महत्त्वपूर्ण हुने अधिकारीहरू बताउँछन्।

विद्युत
तस्बिरको क्याप्शन,विद्युत

बिजुली बेच्ने नेपालको अवस्था

प्राधिकरणका अनुसार नेपाल अबको केही समयमा ऊर्जा निर्यात गर्ने स्थितिमा पुग्दैछ।

प्राधिकरणको वितरण प्रणालीमा हाल करिब १,३६२ मेगावाट विद्युत रहेको बताइएको छ। त्यसमा ५३ मेगावाटको डिजेल प्लान्ट भने हाल सञ्चालनमा छैन।

नेपालमा उत्पादन हुने विद्युत्‌मध्ये निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरूसँग करिब ७२६ मेगावाट उत्पादन गर्ने क्षमता रहेको बताइएको छ।

“निजी क्षेत्रले निर्माण गरेका परियोजना नदीको बहाव अर्थात् ‘रन अफ द रिभर’ भएकाले हिउँदमा क्षमता घट्छ। त्यसकारण अहिले उनीहरूको उत्पादन ३८० मेगावाटमा झरिसकेको होला,” प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने।

नेपालमा माग उच्च हुने साँझको समय करिब १,२८० मेगावाट विद्युत् खपत हुन्छ भने रातको बेला त्यो घटेर करिब ७०० को हाराहारीमा रहने अधिकारीहरू बताउँछन्।

नेपालले हाल ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन मार्फत भारतबाट करिब ३५० मेगावाट विद्युत् आपूर्ति गरिरहेको तिम्सिना बताउँछन्।

“हाम्रो माग उच्च हुने बेलामा सबैतिरबाट ४०० मेगावाटसम्म लिन सक्छौँ,” उनले भने।

निर्यातको सम्भावना के?

तिम्सिनाका अनुसार नेपालमा हालको अवस्थामा भारतबाट ऊर्जा आयात गर्नुपर्ने देखिँदैन।

“बरु निर्यात गर्न सकिन्छ कि भन्ने कुरामा छलफल भइरहेको छ,” उनले बताए।

आजबाट सुरु भएको नेपाल-भारत बैठकमा त्यस विषयमा छलफल उनले बताए।

“पावर एक्सचेन्ज” अन्तर्गत आयात र निर्यात दुवै गर्न सकिने उनले जानकारी दिए।

source: bbc nepali

For Web hosting and Domain Registration/Renew: Contact No. : +977 9810125888

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.