Neumine pvt. ltd. Quick Review
                               

Banner ads only $3000/month pls contact
BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


भारत-अयोध्या: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राम मन्दिरको भूमिपूजनका साथै शिलान्यास

मोदी
ANI

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा हिन्दू मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन्।

मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन्।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

राम मन्दिरको शिलान्यास भारतमा कोरोनाभाइरसको सङ्क्रमणमा ह्वात्तै वृद्धि भइरहेको समयमा भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि भने, “५०० वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरीकाले सम्पन्न भएको छ।”

अयोध्यामा भव्य गुरूकुल बनाउछौँ: रामदेव

भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्।

रामदेवले भने, “राम मन्दिर निर्माणको कार्यक्रम देख्न पाउनु भारतको सौभाग्य हो।”

“देशमा रामराज्य स्थापित गर्न पतञ्जलि योगपीठले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने छ।”

“संसारभरबाट आध्यात्म र आयुर्वेदका लागि त्यहाँ मानिसहरूले अध्ययन गर्न आउन सक्नेछन्।”

कम्युनिस्ट पार्टीको विरोध

कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) ले प्रधानमन्त्री मोदी और मुख्यमन्त्री योगी आदित्यनाथले भूमिपूजा कार्यक्रममा भाग लिएकोमा प्रश्न उठाएको छ।

आधिकारिक ट्विटरमा उसले राज्यलाई धर्मबाट अलग राखिने भारतीय संविधानको भावनालाई सम्मान गर्न आग्रह गरेको छ।

ट्वीटमा लेखिएको छ: “भारतको संविधानमा धर्म र राजनीतिलाई मिसाउन नहुने उल्लेख छ तर किन भारतको प्रधानमन्त्री र उत्तर प्रदेशको मुख्यमन्त्रीले एउटा मन्दिरको भूमिपूजा समारोहबाट राजनीतिक लाभ लिने प्रयास गरिरहेका छन्?”

अदालतको फैसला

गत वर्ष नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित स्थलमा राम मन्दिर बनाउन बाटो खोल्ने फैसला गरेपछि त्यहाँ भव्य मन्दिर निर्माणका योजनाले थप गति लिएको थियो।

अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको थियो।

सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च अदालतमा दर्ता भएको थियो।

त्यसको आठ वर्षपछि सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो जसअनुसार विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिइएको थियो।

तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्च न्यायालयमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो।

राममन्दिर

विवादको मूल कारण

उक्त स्थानमा सन् १५२८ मा मुगल सम्राट बाबरको आदेशमा बनेको मानिने एउटा मस्जिद थियो जसको नाम बाबरी मस्जिद रह्यो।

सन् १९९२ मा हिन्दूहरूको भिडले सो मस्जिद भत्काइदिएको थियो।

त्यतिखेर भारतीय जनता पार्टीका तत्कालीन वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतले राम रथयात्राको आयोजना गरेका थिए।

त्यसपछि भएको साम्प्रदायिक दङ्गामा भारतभर कम्तीमा २,००० मानिसको मृत्यु भएको थियो।

भारतीय जनता पार्टी तथा उसको निकट रहेको राष्ट्रिय स्वयंसेवक सङ्घले सो स्थानमा राम मन्दिर बनाउने पटकपटक उद्घोष गर्दै आएका थिए।

गत वर्षको सर्वोच्चको फैसलापश्चात् त्यहाँ भव्य राम मन्दिर निर्माणको नक्सा बनाउन थालिएको थियो।

अयोध्या

मुख्य घटनाक्रम: कहिले के भयो?सन् १५२८: अयोध्यामा हिन्दूहरूले भगवान् रामको जन्मस्थान रहेको भनेको स्थानमा मस्जिदको निर्माण।

सन् १८५३: सो स्थानमा पहिलो पटक धार्मिक हिंसा भएका विवरण।

सन् १८५९: औपनिवेशकालीन ब्रिटिश शासकहरूद्वारा तारबार निर्माण। भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न स्वीकृति दिनेगरी व्यवस्थापन।

सन् १९४९: मस्जिदभित्र भगवान् रामका मूर्तिहरू देखा पर्छन्। हिन्दूहरूले ती मूर्ति राखिदिएको आशङ्काका माझ मुस्लिमद्वारा विरोध। दुवै पक्षद्वारा अदालतमा मुद्दा। सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदिन्छ।

सन् १९८४: विश्व हिन्दू परिषद्को अगुवाइमा हिन्दूहरूले भगवान् रामको जन्मस्थानलाई ‘मुक्त’ गर्न भन्दै समिति गठन। भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीद्वारा अभियानलाई नेतृत्व प्रदान।

सन् १९८६: जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दूहरूलाई पूजा गर्न अनुमति प्रदान। मुस्लिमहरूद्वारा विरोधका निम्ति बाबरी मस्जिद एक्शन कमिटी गठन।

सन् १९८९: विश्व हिन्दू परिषद्को अभियान तीव्र। विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण।

सन् १९९०: परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति। विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास अर्को वर्ष विफल।

सन् १९९१: उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीको सरकार गठन।

सन् १९९२: विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकहरूद्वारा मस्जिद ध्वस्त। लगत्तै देशभरि फैलिएको हिन्दू-मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु।

सन् १९९८: प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण।

सन् २००२ फेब्रुअरी: १५ मार्चको समयसीमाभित्र मन्दिर निर्माण थाल्ने विश्व हिन्दू परिषद्को चेतावनी। सयौँ स्वयंसेवक अयोध्यामा भेला। अयोध्याबाट फर्किरहेका हिन्दू अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु।

सन् २००२ मार्च: रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा भएका दङ्गामा अधिकांश मुस्लिम सहित एकदेखि दुई हजार मानिसको मृत्यु।

सन् २००२ एप्रिल: सो धार्मिक स्थल कसको स्वामित्वमा छ भन्ने जान्न तीन उच्च अदालतका न्यायाधीशहरूद्वारा सुनुवाइ थालनी।

सन् २००३ ज्यानुअरी: अदालतको आदेशमा पुरातत्त्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहेकोबारे सर्वेक्षण थालनी।

सन् २००३ अगस्ट: पुरातात्त्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी। मुस्लिमहरूद्वारा त्यसको विरोध। हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै वाजपेयीद्वारा उनको सपना साकार पार्दै अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा। तर पहिले अदालत तथा वार्ताबाटै समस्याको समाधान निस्कने आशा प्रकट।

सन् २००३ सेप्टेम्बर: बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश। तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन।

सन् २००४ अक्टोबर: आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित सङ्कल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको भनाइ।

सन् २०१०: इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश।

सन् २०११: सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन।

सन् २०१४: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सत्तारोहण।

सन् २०१९: मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुन: विजयी।

सन् २०१९ नोभेम्बर: भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला।

सन् २०२० अगस्ट ५: विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय।

source: bbcnepali

Enter new domain name to register

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.