Neumine pvt. ltd. Quick Review
                               

BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


यी हुन् सबैभन्दा धेरै ट्राफिक जाम हुने विश्वका दशवटा सहर

विश्वभर बढ्दो सडक ट्राफिक जाम समस्या तथा चिन्ताको विषय बनिरहेको छ । सन् २०२०  मा सबैभन्दा धेरै ट्राफिक जाम रहेका विश्वका १० शीर्ष सहरहरुको सूची सार्वजनिक भएको छ । टमटम ट्राफिक इन्डेक्सले विश्वका ५७ देशका ४ सय १६ देशमा गरेको अध्ययन अनुसार सबैभन्दा उच्च सडक ट्राफिक रहेका विश्वका टपटेन सहर यस्ता छन्ः

१. बैंगलोर : भारतको दक्षिणी सहर बैंगलोरले विश्वमा सबैभन्दा धेरै ट्राफिक जाम हुने सहरको ताज पहिरिएको छ । टमटम इन्डेक्सका अनुसार बैंगलोरका सडकमा गाडी चलाउँदा चालकहरुले ट्राफिक जामका कारण सामान्य भन्दा थप ७१ प्रतिशत अतिरिक्त समय सडकमा खर्चिनु पर्दछ ।

२. मनिला : फिलिपिन्सको राजधानी मनिला विश्वमा सबैभन्दा धेरै ट्राफिक जाम हुने सहरको दोश्रो स्थानमा छ । यहाँ पनि सडकमा जामका कारण सामान्य भन्दा ७१ प्रतिशत बढि समय खर्चिनु पर्दछ ।

३. बोगोटा : दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटा यो सूचिमा तेश्रो स्थानमा रहेको छ । जामका कारण सडकमा यात्राका क्रममा थप ६८ प्रतिशत समय खर्च हुने गरेको छ त्यहाँ ।

४. मुम्बइ : छिमेकी मुलुक भारतकै अर्को सहर मुम्बइ विश्वमा सर्वाधिक ट्राफिक जाम हुने सहरको चौथो नम्बरमा रहेको छ । त्यहाँ सडकमा ट्राफिका कारण यात्रुहरुले थप ६५ प्रतिशत समय खर्च गर्नु पर्दछ ।

५. पुने : भारतको अर्को सहर पुने यो सूचिमा पाँचौ स्थानमा रहेको छ । जहाँ सडकमा जामका कारण थप ५९ प्रतिशत समय खर्च हुन्छ ।

६. मस्को : रुसको राजधानी मस्को विश्वमा सर्वाधिक ट्राफिक जाम हुने सहरको छैटौँ स्थानमा रहेको छ । जहाँ सडकमा जामका कारण थप ५९ प्रतिशत समय खर्च हुन्छ ।

७. लिमा : पेरुको राजधानी लिमा सातौँ स्थानमा रहेको छ जहाँ जामका कारण थप ५७ प्रतिशत समय खर्च हुन्छ ।

८. नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्ली विश्वमा सबैभन्दा धेरै ट्राफिक जाम हुने सहरको सूचिमा आठौँ स्थानमा रहेको छ ।

९. इस्तानबुल : विश्वमा सर्वाधिक ट्राफिक जाम हुने सहरको सूचिमा नबौँ स्थानमा टर्कीको राजधानी इस्तानबुल रहेको छ । जहाँ सडकको ट्राफिक जामले थप ५५ प्रतिशत समय खाइदिन्छ ।

१०. जकार्ता : इण्डोनेसियाको राजधानी जकार्ता विश्वमा सर्वाधिक ट्राफिक जाम भएका टपटेन सहरभित्र पर्न सफल भएको छ । जकार्ताबासीले त्यहाँको ट्राफिक जामका कारण सडकमा यात्रा गर्दा सामान्य समयभन्दा थप ५३ प्रतिशत समय खर्च गर्नु पर्दछ । -एजेन्सी

source: onlinekhabar

Enter new domain name to register

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.