Neumine pvt. ltd. No.1 Quick Review
                               

Banner ads only $3000/month plz contact
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


रकम बरामद हुँदैमा घूस भन्‍न मिलेन : सर्वोच्च

काठमाडौँ — सर्वोच्च अदालतले सरकारी कर्मचारी वा पदाधिकारीको साथबाट रकम बरामद भएकै आधारमा घूस खाएको आरोप प्रमाणित नहुने भनी फैसला गरेको छ । घूस खाएको आरोपमा पक्राउ परेका एक कर्मचारीको मुद्दामाथि व्याख्याका क्रममा सर्वोच्चले ‘रकम बरामद’ लाई मात्रै भ्रष्टाचारको आधार बनाउन नमिल्ने व्याख्या गरेको हो ।अख्तियारको टोलीले धनुषाको नापी कार्यालयमा कार्यरत अमिन कृष्णप्रसाद जोशीलाई २०७३ साल चैत २० गते ३० हजार रुपैयाँ पक्राउ गरेको थियो ।

धनुषाधाम नगरपालिका–५ को गाउँको ब्लकको जग्गा नापी गर्दा घूस मागेको उनीमाथि आरोप थियो । तर उनले भने आफूले रकम मागेको नभई जबर्जस्ती खल्तीमा हालिदिएको दाबी गरेका थिए । विशेष हुँदै सर्वोच्च अदालतले उनको दाबी सही ठहर्‍याउँदै ‘रकम बरामदले मात्रै भ्रष्टाचार पुष्टि नहुने’ भनी व्याख्या गरेको हो ।

‘प्रतिवादीले त्यो रकम स्वेच्छाले माग गरेको र स्वेच्छाले घूसबापतको रकम लिएको तथ्य वस्तुनिष्ठ, विश्वसनीय प्रचुर एवं पर्याप्त प्रमाणबाट पुष्टि भएको हुनुपर्छ,’ न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयालको इजलासको फैसलामा भनिएको छ, ‘भ्रष्टाचारजस्तो गम्भीर कसुर स्थापित हुनका लागि प्रतिवादीबाट रकम बरामद हुनु नै पूर्ण एवं पर्याप्त प्रमाण हुन सक्दैन । आरोपितले सेवाग्राहीबाट यति घूस चाहियो भनी माग गरेको देखिँदैन ।’

घटनाका दिन अख्तियारको टोलीले खानतलासी गर्दा जोशीको सर्टको बायाँ खल्तीबाट २० हजार र पाइन्टको अगाडिको खल्तीमा १० हजार रुपैयाँको नोट बरामद भएको थियो । उनले आफूलाई जबर्जस्ती गरी दुई जनाले हात समातेर खल्तीमा पैसा हाल्न खोज्दा इन्कार गरेको बताए ।

‘मेरो खल्तीमा जबर्जस्ती पैसा हाल्न खोज्दा मेरा दुईवटा पेन भाँचिएको छ,’ उनले बयानमा भनेका थिए, ‘मेरो ओठमा पनि चोट लागेको छ । सर्टको बटन निस्किएको छ ।’ जोशीले स्वेच्छाले घूस लिई कसुर गरेको विश्वसनीय प्रमाण अख्तियारले पेस गर्न नसकेको सर्वोच्चले फैसला गरेको हो ।

source: ekantipur

please  renew hosting and domain on time

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.