Neumine pvt. ltd. Today's Quick Review
                               

Quick Browsing | Quick Review | 24hr live
Read All >>Click Here सबै पड्नुहोस >>
youtube.com Facebook.com Tiktok Worldometer BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free [target="blank"]Fans Share  [target="blank"] हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से  u मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


लोकतन्त्र दिवस: किन नेपालले प्रजातन्त्र र गणतन्त्र दिवस पनि मनाउँछ?

फाइल तस्वीर

२०६२/०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते १५औँ लोकतन्त्र दिवस मनाइरहँदा राजनीतिशास्त्रीहरूले यस्ता महत्त्वपूर्ण दिवसले नागरिकलाई स्वतःस्फुर्त उत्साहित बनाउन नसकेको बताएका छन्।

झण्डै एक महिनापछि संविधानसभाको पहिलो बैठकले २०६५ सालमा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको अवसरमा हरेक जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ।

जहानियाँ राणा शासन अन्त्य भएको दिनको रूपमा २००७ सालयता नेपालमा फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ।

राजनीतिशास्त्री कृष्ण पोखरेल भन्छन्, “कुनैलाई कहिले भव्य रूपमा त कहिले औपचारिकतावश मात्र मनाउने शैलीले तिनको महत्त्वमा थपघट गर्दा गलत सन्देश जान्छ।”

किन उस्तै दिवस?

सारमा ‘डेमोक्रेसी’को महिमा बोक्ने भए पनि अलगअलग ऐतिहासिक कालखण्डमा तीनवटै दिवसको आआफ्नै महत्त्व रहेको पोखरेल ठान्छन्।

“आफूले नेतृत्व गरेका कारण २००७ सालको क्रान्तिका विषयमा नेपाली कांग्रेसको विशेष आशक्ति र भावना जोडिएको छ जबकि कम्युनिष्टहरूले त्यसलाई परिवर्तन मात्र भन्न रूचाए,” उनी भन्छन्।

सो क्रान्तिपछि नेपालको बन्द समाज खुला हुनुका साथै निरङ्कुश शासन अन्त्यको घोषणा गरिए पनि प्रजातन्त्र आएपछि पहिलो प्रधानमन्त्री समेत अन्तिम राणा प्रधानमन्त्री भएकै कारण ‘क्रान्तिको अठोट पूरा नभएको’ कम्युनिस्टहरूको बुझाइ पाइने गरेको छ।https://bbc.com/ws/av-embeds/cps/nepali/news-56869644/p06nycj2/neभिडिओ क्याप्शन सुरु हुँदैछ,

श्रीपेच: उहिले राजाको शिरको शोभा, अहिले सङ्ग्रहालयको

त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक रामकृष्ण तिवारी भन्छन्, “राजाविहीन हुने गणतन्त्र र लोकतन्त्रमा खासै फरक हुँदैन।”

जेसुकै नाम दिइए पनि यस्ता दिनहरूलाई राज्यव्यवस्था परिवर्तन हुँदाको ऊर्जा कायम राख्ने दिवसका रूपमा सम्झिनुपर्ने उनी ठान्छन्। प्राध्यापक तिवारी यी दिवसहरू राज्यशक्तिको स्रोत भएको ठान्छन्।

उनको भनाइ छ, “यी मनाउनु भनेको व्यवस्था किन परिवर्तन भइरहेको छ भनेर प्राप्तिको अर्थ केलाउनु हो। बरू यो बेला राज्य कसरी चलिरहेको छ भनेर त्यसको आचरणमा ध्यान दिनुपर्छ।”

कसरी मनाउने, के मनाउने?

ठूला ऐतिहासिक सन्दर्भ बोकेका यी दिवसहरूमा मानिसहरू आफ्ना सबैखाले स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने राजनीतिशास्त्रीहरू ठान्छन्।

नेपाल एकीकरणको सुरुवात गर्ने पृथ्वीनारायण शाहको जन्मदिनलाई भव्य रूपमा मनाउने अभ्यासलाई गणतन्त्र आएपछि हटाइएको छ। त्यस दिनको बिदा समेत कटौती गरिएको छ।

तर राष्ट्रपतिले त्यस दिन जारी गर्ने शुभकामनामा त्यसलाई राष्ट्रिय एकता दिवस नै भनिरहेको पाइन्छ।

एकैखाले दिवस धेरै भए भनेर आलोचना भइरहँदा २०७४ सालमा मन्त्रिपरिषद्ले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, शहीद दिवस, गणतन्त्र दिवस र राष्ट्रिय एकता दिवसका बिदा कटौती गरेर संविधान ०७२ असोज ३ मा संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो।

राजनीतिशास्त्री पोखरेल थप्छन्, “नागरिक तहमा पुस्तौँपुस्तामा त्यो दिनको अर्थ मनभित्र गढेको देखिँदैन। भारतमै हेर्नूस् स्वतन्त्रता दिवस वा गणतन्त्र दिवस होस् वा स्वतन्त्रता दिवसमा मानिसहरू मिठाई बाँड्छन्, दिवापली गर्छन्। बिदा दिनु वा नदिनु सहायक कुरा हुन्।”

उनी बरू के कारण मानिसहरूलाई यी दिवसले जोड्न सकिरहेको छैन त्यसको कारणको समीक्षा गर्नुपर्ने ठान्छन्।

“ल्याइएका परिवर्तनले नेपाली जनताको जीवनमा जुन ढङ्गको बदलाव ल्याउनुपर्थ्यो त्यो हुन नसक्दा उनीहरूले उत्साहका रूपमा लिन सकेनन्,“ पोखरेलको भनाइ छ।

source: bbcnepali

please contact for web hosting and domain registration

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.