Neumine pvt. ltd. Quick Review
                               

Banner ads only $3000/month pls contact
BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


सरकारी जागिरसँग विवाहको कनेक्सन

कौशिक नवराज।

समाजमा एउटा मान्यता छ, जागिर खाएपछि विवाह गर्नपर्छ। अझ त्यसमा सरकारी जागिर भनेपछि छोरी दिन मरिहत्ने गर्नेहरुको जमात कमि आउन सकेको छैन। 

invotech

सरकारी जागिर खाने उमेर भनेको २० वर्ष पार गरेपछि सुरु हुन्छ अर्थात् अधिकांश युवाहरु नै सरकारी जागिरमा प्रवेश गर्छन्। यो उमेर भनेको ‘प्लस टु’ देखि व्याचलर पढाइको चरणमा हुने गर्छ।

यस अर्थमा नेपालको कानुनले विवाह गर्ने उमेर भनेर २० वर्षपछिको समय र सरकारी सेवा प्रवेशको समय पनि न्यूनतम १८ देखि २१ वर्षलाई आधार मानेको देखिन्छ। १८ देखि २१ वर्षको उमेरमा अधिकांश मानिसले रेगुलर पढाइ गर्ने हो भने प्लस टुदेखि व्याचलरसम्म पास गरी भ्याउन सक्छ।

यसरी सरकारी सेवामा प्रवेश गरेको मानिसमा नयाँ जोश र जागर हुने साथै समाजमा हेर्ने नजर समेत फरक परेको हुन्छ। यसका साथै स्वयम उसमा पनि केही गरौँ, भनौँ महत्वकांक्षा पलाएको हुन्छ। यसर्थ, सरकारी जागिर, पढाइ र विवाहबीच प्रत्यक्ष कनेक्सन रहेको देखिन्छ।

तर सरकारी सेवामा प्रवेश गरेपछि बिहे अनिवार्य नै गर्नपर्छ भन्ने होइन। विवाह भनेको व्यक्तिको नैसर्गिक अधिकार हो र हुनपर्छ। तर यहाँ त सरकारी जागिर खाएपछि परिवार समाज धेरैतिरबाट तिर चलाउछन्। जोगिन एकदम मुस्किल पर्छ।

अझ यसमा विशेषगरी महिला कर्मचारीलाई त परिवार, समाज र आफन्तले यसरी घेर्छन नि जसलाई परेको हुन्छ, उसले राम्ररी महशुस गरेको हुनपर्छ। विवाह व्यक्तिको नैसर्गिक अधिकार हो भन्ने कुरा उसका आफन्तले बिर्सन्छन् र उसलाई ‘किन विवाह नगरेको, अब कसलाई पर्खेको, अब के बाँकी छ र उमेर छिप्पी सक्यो त।

पछि बुढेसकालमा अप्ठ्यारो पर्ला है। तिम्रो उमेरमा मेरो छोराछोरी स्कुल जान थालिसकेका थिए’ आदि आदि भनेर दिनका दिन हैरान नै बनाउछन्। कार्यालयमा हरेक दिन भेट हुँदा विवाहकै कुरा चल्छ, क्यान्टिन जाउँ वा २-४ जना कार्यकक्षमा भेला हुन परोस्, अविवाहितहरुलाई घोचपेच सुरु भैहाल्छ।

अनि कहिले, किन, कोसँग आदि आदि। अझ हुँदा हुँदा भन्नोस् है हामी सहयोग गर्छौँ। हाम्रा पनि आफन्त छन् जस्ता भनेर दया देखाउन समेत पछि पर्दैनन्।

विवाह दुई विपरित लिंगी महिला र पुरुषको आपसी समझदारी निर्धारण हुने व्यक्तिगत विषय हुनपर्ने हो तर यहाँ त यसलाई परिवार र समाजको नियन्त्रित कार्य सम्झेको देखिन्छ। परिवार र समाजले नै तय गरिदिन्छ विवाह, अझ कतिपय अवस्थामा त अस्वभाविक दबाब पनि।

विवाह नगर्नेलाई विचराको नजर। अझ कतिपयलाई मायामा धोका खाएको त शारीरिक गडबडि पो छ कि भनेर समेत होच्याउने गरिन्छ। सरकारी जागिरे समाजको आइकन र मार्गदर्शक हुनपर्नेमा सो हुन सकिरहेका छैनन्। पुरातनवादी सोचबाट समाजलाई परिवर्तन गर्न पर्नेमा जडशुत्रवादी समाजमा रुमल्लिएका देखिन्छन्।

सरकारी जागिर खानु भनेको निरन्तर आर्थिक स्रोत प्राप्त हुनु हो भन्ने आम बुझाइ हाम्रो समाजमा अझै पनि छ। भविष्य सुनिश्चित हुन्छ भविष्यमा बसी बसी पेन्सन आउँछ। परिवार पाल्न सजिलो हुन्छ। नियुक्त भएपश्चात अर्थात स्थायि भएपश्चात हाजिर गरेका भरमा तलब आउँछ भन्ने आम बुझाइ हाम्रो समाजमा छ जुन केही हदसम्म सही पनि छ।

किनकी हाम्रो सरकारी जागिरको अवस्था र कामको प्रकृतिमा सुधार हुन सकेको छैन। राज्यकोषमा अर्बौँ रकम भारपर्दा समेत पेन्सन दिन छोडिएको छैन। काम गरे पनि नगरे पनि मूल्यांकन एउटै गरिएको छ। हाजिर गरेका भरमा तलब आउछ। कुनै कार्यसम्पादन र कार्यकुशलता प्रर्दशन गर्न पर्दैन।

अब कुरा गरौँ आर्थिक अवस्था र विवाहको। हाम्रो समाजमा विवाहको लागि हेरिने प्रथम स्टाटस नै उसको आर्थिक हैसियत हो। अझ त्यसमा बेहुलाको आर्थिक स्थिति। केटा के गर्छ, घर कहाँ, कत्रो छ, परिवारमा को-को छन्, कति कमाउछ, सरकारी जागिर हो वा अन्य व्यापार व्यवसाय गर्छ?

हो, यी सबैले के देखाउँछ भने विवाह र आर्थिक हैसियत एक आपसमा जोडिएर आउछन्। अर्थात विवाहको लागि पैसा कमाउन पर्छ। सरकारी जागिर भनेको आम बुझाइ के छ भने यो स्थायि हुन्छ, मासिक नियमित रुपमा तलब आउछ जसले गर्दा परिवार पाल्न सहज हुन्छ।

जसले गर्दा सरकारी सेवा प्रवेश प्रश्चात आम मानिसले विवाहको तयारी गर्छन्। अर्थात्, मेरो आर्थिक भविष्य सुनिश्तित भयो, अब परिवार र सन्तानको लागि सोच्न पर्छ भन्ने लागेर नै विवाह गर्ने निधो गर्छ।

तर यसको मलतब सरकारी जागिर नपाउनेले विवाह नै गर्दैन र छोरी नै पाउदैन भन्ने पनि होइन। तर मैले यहाँ लेखको विषय नै सरकारी जागिर र विवाह उल्लेख गरेकोले यहाँ आर्थिक हैसियत र विवाहलाई पनि सरकारी भनेर चित्रित गर्ने प्रयास गरेको छु।

तर सबै सरकारी सेवामा प्रवेश गरेका मानिसहरुको आर्थिक हैसियत मजबुद हुन्छ भन्ने होइन अनि आर्थिक हैसियत मजबुद नहुँदा विवाह गर्न हुँदैन भन्ने पनि छैन। म यहाँ पैसा कसरी कमाउने भनेर व्याख्या गर्ने वा पैसाको पछि कुद्ने वा पैसालाई कुदाउने भनेर पनि सिकाउन गैरहेको छैन।

तर आम बुझाइ सरकारी जागिर खानु भनेको सेवा गर्नुभन्दा पनि पैसा कमाउनु भन्ने आम बुझाइ छ। यस्तो गलत बुझाइलाई चिर्नु जरुरी छ। समाजमा रहेको यस्तो आम बुझाइले नै सार्वजनिक सेवामा व्यापक भष्ट्राचार र अनियमितता बढिरहेको छ।

फलानाको छोराले २ वर्षमै मालपोतमा बसेर घर किन्यो रे, फलाना ठाउँमा जग्गा पनि जोड्यो, ल हेर उसको प्रगति भनेर समाजमा खुलेआम भन्ने गरिन्छ र समाजमा जसले वैध वा अवैध जुन स्रोतबाट पैसा कमाए पनि उसैलाई गन्ने मान्ने र ठूलो ठान्ने गरिन्छ। यस्तो गलत आम बुझाइ चिर्नु आवश्यक छ।

विवाह पश्चात श्रीमतीले र अझ उच्च पढाइ गरिरहेका छोराछोरी छन् भने मेरो आमाबाबुको तलब यति आउछ, काम यस्तो हो भनेर बुझ्न पर्ने वा सोध्न सक्छन्।

मेरा श्रीमान यस्तो कार्यालयमा काम गर्छन्, तलब यति आउछ तर हाम्रो हैसियत योभन्दा माथि भएजस्तो लाग्छ भनेर श्रीमतीले सोध्नपर्नेमा श्रीमती नै श्रीमानलाई हरेक दिन नयाँ-नयाँ डिमाण्ड गरेर अवैध र गैरकानुनी काम गर्न उत्पेरित गरिरहन्छिन् भनेर विभिन्न अनुसन्धानहरुले देखाएका छन्।

यसर्थ सरकारी सेवामा प्रवेश गर्ने र विवाह बन्धनमा बाधिने जोडिने पूर्व सहमति यो गर्न आवश्यक छ कि गैरकानुनी स्रोतबाट सम्पत्ति आर्जन स्वीकार्य हुँदैन।

हाम्रो समाजमा विवाह गर्दा जहिले पनि केटाको जागिर आर्थिक हैसियत सोध्ने गरिन्छ। अर्थात्, केटा कहाँ काम गर्छ, कति कमाउछ, कति पढेको, कुन विषय, घर तराई वा काठमाडौंमा कहाँ हो, परिवारमा को-को छन्, अर्थात दाजुभाइ कति जना छन् आदि आदि भनेर।

तर केटीपक्ष अर्थात् केटीको परिवारमा पनि उसको परिवारको मुल मान्छे अर्थात् पुरुषकै सोध्ने गरिन्छ। यसको अर्थ हो, विवाहमा केटा पक्ष अझ भनौँ, पुरुषहरुको आर्थिक हैसियत प्रर्दशन गर्ने थलो हो भन्दा फरक नपर्ला।

हाम्रो सामाजिक संस्कार, धर्म, परम्परा, ग्रन्थ लगायतले के भन्छ भने विवाह गर्दा केटीको यस्तो गुण हुनपर्छ, त्यस्तो गुण हुन पर्छ अर्थात् केटीको शारीरिक गुण र लक्षण निर्धारण गरेको हुन्छ भने केटाको आर्थिक हैसियत। अब कुरा गरौँ यही र यस्तै प्रचलनलाई फलो गर्दै केटाहरुले सुन्दर र सुशिल कन्या रोज्छन् भने केटीहरुले धनवान र सक्षम अझ भनौँ, समझदार र परिपक्व केटालाई रोज्छन्।

यहाँ मैले चर्चा गर्न खोजेको विषय विवाहमा केटा पक्ष आर्थिक हैसियतमा, पढाइको स्तरमा, उमेरमा, उचाइमा, मोटाइमा अब्बल अर्थात् केटीभन्दा माथिल्लो स्तरको हुनपर्छ भने केटीहरु सुन्दर सुशिल र लक्षणयुक्त र घरचलाउन सक्ने हुनपर्छ।

अब त बुझ्नु भयो, यदि विवाहमा केटापक्ष केटीपक्षभन्दा कमजोर देखिएमा त्यस्तो विवाहलाई शुभ मानिदैन। अझ बुझ्ने गरी भन्दा, विवाहमा आफूभन्दा उमेरमा जेठी केटी, उचाइमा अग्ली, र आर्थिक हैसियत उच्च भएकी केटीलाई विवाह गर्न केटाहरु आनाकानी गर्छन्।

उमेरमा जेठीलाई सुड्डी, आफूभन्दा बढी पैसा कमाउनेवालीलाई सुनबुढीको संज्ञा दिन्छन्। यसमा दोहोरो हुन्छ केटीहरु र केटीपक्ष पनि माथिल्लो पदमा भएकी आफ्नी छोरी तल्लो पदमा भएको छोरालाई दिदैनन्। अझ आर्थिक हैसियत पनि आफूभन्दा कमजोर हुनेलाई सिधैँ इन्कार गर्छन्।

यसैलाई भन्छन् अनुलोम प्रतिलोम अर्थात् आफूभन्दा माथिल्लो हैसियत भएकी केटी र तल्लो हैसियत भएको केटा र यसको ठिक विपरित अवस्था।

अब कुरा गरौँ सरकारी सेवामा अनुलोम प्रतिलोम विवाहको। सरकारी जागिरमा अधिकांश विवाहमा केटा माथिल्लो पदमा भएको नै हुनपर्छ। तल्लो पदमा कार्यरत केटा र माथिल्लो पदमा केटीको कुनै पनि हालतमा विवाह त के परिकल्पना पनि हुन सक्दैन।

यसैगरी आर्थिक हैसियत अर्थात बढी कमाउने केटी अर्थात् राजश्व, भन्सार, परराष्ट्र सेवा तिर हुने केटीहरुले प्रशासन तिर हुनेहरुलाई भाउ दिदैनन् भन्ने सुनिन्छ तर राजश्व र परराष्ट्र सेवा तिर हुने केटाहरुले भने जुनसुकै सेवा र समूहका केटीलाई पनि स्वीकार्न सक्छन्।

यसको स्पष्ट अर्थ हो सरकारी सेवा र विवाहमा पनि समाज, पुरातनवादी सामाजिक मूल्य मान्यताले काम गरेको देखिन्छ। विवाहलाई यस्ता धर्मशास्त्रले प्रभावित पारी नै रहेको देखिन्छ।

नेपालमा २०६३-६४ को मधेश आन्दोलनले सरकारी सेवाहरुमा समावेशीतालाई संवैधानिक र कानुनी रुपमा स्थापित गर्यो जसको फलस्वरुप सरकारी जागिरका विभिन्न पदहरुमा फरक धर्म, जात र लिंगका मानिसहरुको प्रवेश हुन थाल्यो।

अर्थात्, सरकारी सेवा पनि समाज जस्तै समावेशी हुन पुग्यो, माथिल्लो घर लिम्बुको, ओल्लो घर दलितको, पल्लो घर जनजातिको भएजस्तै सरकारी सेवामा पदहरु पनि ओल्लो कोठा र एउटै कोठाका भिन्न भिन्न कुर्सीमा पनि विविध जात र धर्मका मानिसहरु रहन थाले।

सरकारी जागिरमा विविधता झल्किए पनि सामाजिक सोच संस्कार र मूल्य मान्यतामा परिवर्तन आउन सकेन। अर्थात्, सरकारी जागिर नै भएको केटा भए पनि आफ्नै जातकी केटी विवाह गर्ने प्रचलन कायमै छ। फरक धर्म र संस्कारलाई अंगिकार गर्न अझै सकिएको छैन।

लभ म्यारिजमा यदाकदा यस्तो माथिल्लो जातको केटा र तल्लो जातकी केटी अनि कथित तल्लो जात भनिने केटा र माथिल्लो जातकी केटी अझैपनि खुलेर विवाह गर्ने तर विवाहसम्मको लागि सोच्ने पनि गरिएको छैन। दुवैजना सरकारी सेवामा भएपनि विवाहको लागि परिवारको स्वीकृति नमिलेर छुटिन परेको अवस्था देखिएको छ।

केटा जति पढेको भए पनि, जति नै पैसा कमाए पनि, जति नै ठूलो पदमा पुगे पनि पुरातनवादी सामाजिक सोच र संस्कारले गर्दा परिवार र समाजले आफ्नै जात र धर्मको केटा र केटीलाई जोड दिएको देखिन्छ।

र अन्तमा, केही अपवाद होलान् कोही विवाह गरेर सरकारी जागिर खाएका होलान्, कोही सरकारी जागिर भएर पनि उपयुक्त जीवनसाथीको अभावमा वा इच्छा नै नभएर विवाह नै नगरी बसेका होलान्।

अनि कोही सरकारी जागिरलाई सेवा सम्झिएका होलान्, कोही माथिल्लो पदका केटी र तल्लो पदका केटी अनि उमेरमा जेठी बढी पढेकी केटी त के केही सरकारी जागिरदारका श्रीमानहरु बेरोजगार होलान् अनि कतिले आफ्नै जात धर्म विपरितकासँग विवाह गरेका होलान्।

सबैमा माथि उल्लेख गरिए जस्तै हुन पर्छ भन्ने छैन केही अपवाद होलान्। यस्ता अपवादहरुलाई सलाम। यी अपवादहरु परिवर्तनका हिस्सा हुन्। नयाँ युगको शुत्रपात र फरक बाटो कोर्नेहरु हुन यिनीहरुलाई सलाम।

source: setopati

Enter new domain name to register

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.