Neumine pvt. ltd. Today's Quick Review
                               

Quick Browsing | Quick Review | 24hr live
Read All >>Click Here सबै पड्नुहोस >>
youtube.com Facebook.com Tiktok Worldometer BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free [target="blank"]Fans Share  [target="blank"] हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से  u मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


सात्विक खानामा किन लसुन र प्याजलाई निषेध गरिन्छ ?

साउनमा सात्विक खानपान गर्नुपर्छ भनिन्छ । सात्विक, जो सहजै पच्छ, सन्तुलित, पोषणयुक्त र स्वादिलो पनि हुन्छ । सात्विक आहारमा सत्व गुण भरिपूर्ण हुन्छ । यस्तो खानाको सेवनले तन र मन शुद्ध हुने, शक्ति मिल्ने, सुन्दरता र प्रशन्नता मिल्ने बताइन्छ ।
आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी । अतः प्याज र लसुनलाई तामसिक एवं राजशी खानामा राखिएको छ । अतः सात्विक भोजनमा प्याज र लसुन निषेध गरिएको छ ।
प्याज र लसुनको आफ्नै औषधिय गुण भएपनि यसको सेवनले शरीरलाई उत्तेजित बनाउने, ताप बढाउने बताइन्छ ।

प्याज र लसुन दुबैमा पाइने गुण लगभग एकै हुन्छ । दुबैमा एलियम नामको तत्व रहेको हुन्छ । औषधिय गुण पनि हुन्छ । तैपनि यसलाई तामसिक खानाको श्रेणीमा राखिएको छ । तामसिक खानाले शरीरमा यौन उत्तेजना बढाउँछ । यसका साथै मानसिक स्वास्थ्यमा पनि यसले असर पु¥याउने आयुर्वेदमा उल्लेख गरिएको छ ।

खासगरी सात्विक जीवनशैलीमा अभ्यस्तहरुले खानामा प्याज, लसुन सामेल गर्दैनन् । कतिपयले साउन महिनाभर मात्र पनि यी दुई कुरा खाँदैनन् ।

कतिपयले भने वर्षायाममा लसुन वा प्याजलाई खानामा समावेश गर्नुपर्नेमा जोड दिने गरेका छन् । खासगरी संक्रमाक रोगहरुबाट बच्न लसुन वा प्याजको सेवन उपयोगी हुने बताइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । आयुर्वेद अनुसार प्याज र लसुन तामासिक एवं राजशी खानामा सामेल हुने भएपनि औषधि बनाउनका लागि यी दुबैको प्रयोग गरिन्छ । यसमा औषधिय गुण जस्तो कि, एन्टि ब्याक्टेरियल, एन्टि फंगल र एन्टिल भइरल गुण रहेको हुन्छ । मुटुको स्वस्थ्यका लागि वा रगतमा चिनीको मात्रा नियन्त्रण गर्नका लागि लसुन र प्याज उपयोगी मानिन्छ ।

किन सात्विक भोजन ?

हल्का र स्वस्थ भोजन नै सात्विक भोजन हो । यो न ज्यादा मीठो हुन्छ, न त ज्यादा नुनिलो पिरो नै हुन्छ । सात्विक भोजनले मनलाई शान्त गर्नुका साथै शरीरलाई शुद्ध गराउन समेत मद्दत गर्दछ । योगी र मुनिहरुले समेत सात्विक भोजनको सेवनलाई उपयुक्त मानेका छन् । स्वयं ऋषिमुनीहरु समेत सधैं सात्विक भोजन मात्रै गर्दथे । योगी आहार समेत भएकोले यो हाम्रो शरीरको लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि सहजै पत्तालगाउन सकिन्छ । जसरी तामसिक भोजनले आलस्य बढाउँछ भनिन्छ, त्यसरी नै राजसिक भोजन पचाउनकोलागि समस्या हुने आयुर्वेदमा उल्लेख छ । तर, सात्विक भोजन पचाउनमा सहज, हल्का र ऊर्जावान  हुने गर्दछ । सात्विक भोजनको उदाहरणको रुपमा ताजा फल, तरकारीहरु, हरियो तरकारी आदिलाई लिन सकिन्छ ।

सात्विक भोजन हाम्रो मानसिक स्वास्थ्य र ऊर्जाको लागि लाभकारी हुन्छ । यसबाट हाम्रो मन र शरीरको सन्तुलन वा सामञ्जस्य बढाउन मद्दत पुग्दछ । नियमित रूपले सात्विक भोजनको सेवनबाट शरीरमा ऊर्जाको सञ्चार हुन्छ । जो व्यक्ति सात्विकआहार लिने गर्दछ । उसको व्यवहार सहज, स्पष्ट सोच, सन्तुलन एवं आध्यात्मिक रुझान जस्ता गुण देख्न सकिन्छ । सात्विक व्यक्ति आमरुपमा मदिरा जस्तो कुलत एवं अरु उत्तेजक पदार्थलाई घृणाग र्ने स्वभावको हुन्छ ।

source: onlinekhabar

please contact for web hosting and domain registration

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.