Neumine pvt. ltd. Quick Review
                               

Banner ads only $3000/month ( 24 hrs live...No need to download App...Anywhere...Anytime...Stay connected...)
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live MSN.com Listen BBC ABC News Live CNN Live BBC Live भिडिओ /समाचार /अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली
आज तक Live Watch Al Jazeera English Live RT News Live
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Live.com Top 50 websites Top youtube Channels youtube.com Facebook.com google.com Gmail
FreeFire Tmall.com Twitch.tv Business:Investing Reuters Wall Street Journal Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live China News Xinhuanet.com ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share ईकान्तिपुर हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


सानो पद, ठूलो हैरानी

सानो पद, ठूलो हैरानी

काठमाडौं : तल्लो दर्जाका प्रहरी नै बढीजसो ‘फिल्ड’मा खटिन्छन्। प्रहरी संगठनमा उनीहरू (हवल्दार-जवान)लाई बढी हैरानी पनि छ। पछिल्लो तीन वर्षमा ७ हजार ७ सय १४ प्रहरीले राजीनामा दिएकामा अधिकांश हवल्दार र जवान नै छन्।

राजीनामा दिने प्रवृत्ति निरुत्साहन गर्न तथा तल्लो दर्जाको पीरमर्का बुझ्न प्रहरी प्रधान कार्यालयले हालै देशव्यापी सर्वेक्षण सम्पन्न गरेको छ। प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ नाम दिइएको यो सर्वेक्षण ०७६ भदौमा सुरु गरी कात्तिकमा सम्पन्न भएको हो। झन्डै १४ महिना लगाएर गरिएको उक्त सर्वेक्षणमा १३ वटा गुनासो साझा रूपमा आएको छ। प्रहरी मुख्यालयले गुनासो समाधान गर्न विस्तृत छलफल थालेको छ।
‘कार्यक्षेत्रमा हवल्दार-जवान नै बढी खटिँदै आएका छन्। उनीहरूको मनोबल बढाउन सकियो भयो संगठनका लागि मात्र होइन, राज्यकै लागि ठूलो उपलब्धि हुनेछ’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘उनीहरूको गुनासो सम्बोधन गर्न सके जागिर छाड्ने प्रवृत्तिमा ह्रास आउने अपेक्षा छ।’

यो सर्वेक्षणले तल्लो दर्जाका प्रहरी अझै बहालवाला तथा अवकाशप्राप्त उच्च प्रहरी अधिकृत, पूर्वमन्त्री, पूर्वसचिव एवं अवकाशप्राप्त उच्च सरकारी अधिकृतका घरमा काम गर्न बाध्य रहेको देखाएको छ। हवल्दार-जवानले प्रहरी नियमावलीमै तोकिएको बिदासमेत हाकिमले नछाड्दा घरायसी समस्या समाधान गर्न नसकेको र परिवार भेट्न नपाएको गुनासो गरेका छन्। नियमावलीमा ३० दिन घरबिदा तथा १२ दिन भइपरी आउने बिदा पाउने उल्लेख छ। तर, थोरै प्रहरीले मात्र यो सुविधा पाएका छन्। जनशक्तिको अनुपातमा कामको अत्यधिक चापका कारण तोकिएको बिदा छाड्न नसकिएको प्रवक्ता कुँवरले बताए।

उपत्यका र तराईका जिल्लामा दैनिक १८ घण्टासम्म काम गर्दै आएका छन्। प्रवक्ता कुँवरका अनुसार बिदासम्बन्धी नयाँ सफ्टवेयर निर्माण अन्तिम चरणमा पुगेको छ। सफ्टवेयर बनेपछि बिदाको रेकर्ड हेरेर व्यवस्थापन गर्ने तयारी छ।

हवल्दार-जवानले कामको चाप बढी भएकाले घटाउन माग गरेका छन्। केहीले तलब सरकारी खाने तर हाकिमको निजी काममा खटिनुपर्ने बाध्यता रोक्नुपर्ने माग गरेका छन्। सरुवा–बढुवा पारदर्शी नभएकाले करिअरमा धक्का पुगेको गुनासो उनीहरूले गरेका छन्। ढिलो बढुवा हुने र भइहाल्यो भने पनि पारदर्शी नहुने उनीहरूको भनाइ छ। प्रवक्ता कुँवरले सरुवा–बढुवालाई पारदर्शी बनाइएको दाबी गरे।

धेरै हवल्दार-जवानको गुनासो हाकिमबाट हुने व्यवहारलाई लिएर छ। हाकिमले तल्लो दर्जालाई गन्दै नगन्ने र अश्लील शब्दबाट गाली गर्ने गरेको गुनासो उनीहरूको छ। प्रहरी मुख्यालयले यी गुनासो समाधान गर्न हालै मात्र आचारसंहिता जारी गरेको छ। तल्लो तहका प्रहरी कर्मचारीलाई राम्रो व्यवहार नगरेको उजुरी परे कारबाही गर्ने आचारसंहितामा उल्लेख छ। अर्को साझा गुनासोमा पोसाक, रासनभत्ता, घरपायक सरुवा, विदेश तालिम, राष्ट्रसंघीय मिसनमा विभेद भएको उल्लेख छ। विदेश तालिममा अधिकृतस्तरका प्रहरीलाई मात्रै पठाउँदा तल्लो तहका कर्मचारी अवसरबाट वञ्चित हुनुपरेको बुझाइ उनीहरूको छ। यो गुनासो सम्बोधन गर्न हालै प्रहरी मुख्यालयले राष्ट्रसंघीय मिसन प्रतिस्पर्धात्मक प्रणालीबाट मात्रै हुने उल्लेख गरेको छ। हवल्दार-जवानले आफूहरूको तलब कम भएको र मिसनमा समेत जान नपाएकाले कल्याणकारी योजना बढाउनुपर्ने माग गरेका छन्। मुख्यालयले यही गुनासो व्यवस्थापन गर्न हवल्दार-जवानका लागि कल्याण कोषमार्फत सहुलियत घर कर्जाको कार्यक्रम ल्याएको छ।

प्रहरीको योजना तथा विकास निर्देशनालयले सातवटै प्रदेशका १५ जिल्लामा उक्त सर्वेक्षण गरेको थियो। ४ हजार ५ सय ४८ प्रहरीमाझ यो सर्वेक्षण गरिएको हो। तीमध्ये ४ सय २२ जना हालै मात्र अवकाश पाएका प्रहरीलाई समावेश गरिएको प्रवक्ता कुँवरले बताए।

प्रहरीमा तल्लो दर्जा (हवल्दार-जवान)को संख्या ७६.८२ प्रतिशत छ। अर्थात् ७९ हजार ५ सय ४३ जनशक्ति रहेको प्रहरीमा जवान ४६ हजार २ सय १९ र हवल्दार १४ हजार ८ सय ८९ जना छन्। ५ हजार ७ सय २७ जना जवान नयाँ भर्नाका लागि परीक्षा चलिरहेको छ।

source: annapurnapost

Enter new domain name to register

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.