Neumine pvt. ltd. Today's Quick Review
                               

Breaking News| Top Headlines | Latest Reviews
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok
BBC Live CNN Live Yahoo Msn Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट २०, यस्ता छन् फिचर्स

दक्षिण कोरियाली कम्पनी सामसुङले एकसाथ आफ्ना पाँचवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।

भर्चुअल पत्रकार सम्मेलनमार्फत् सामसुङले आफ्नो ग्यालेक्सी नोट सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यस्तै ग्यालेक्सी ट्याब्स एस सेभेन, ग्यालेक्सी जेड फोल्ड टू, ग्यालेक्सी वाच थ्री र नयाँ वायरलेस इयरफोन पनि सार्वजनिक गरिएको हो ।

नोट टू सिरिज अन्तर्गत सामसुङले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा गरी दुईवटा मोडेलका फाइभ जी फोन सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट २० को सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ भने नोट ट्वान्टी अल्ट्राको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ ।

नोट २० सिरिजमा परिस्कृत एस पेन हुनेछ र त्यसले स्क्रिनमा लेख्दा साँच्चीकै कलमको कागजमा लेखेको भान हुने दाबी सामसुङको छ ।

ग्यालेक्सी नोट २० मा ६.७ इन्चकेा स्क्रिन हुनेछ भने अल्ट्रा भर्सनको स्क्रिन ६.९ इन्च हुनेछ । दुबै फोनको पछाडिको भागमा तीनवटा क्यामरा हुनेछन् भने एउटा सेल्फी क्यामरा रहनेछ ।

नयाँ फोल्डेबल फोन

उक्त समारोहमा सामसुङले सार्वजनिक गरेको आफ्नो आसन्न फोल्डेबल स्मार्टफोन उसको तेश्रो फोल्डेबल फोन हुनेछ । सामसुङको आगामी फोल्डेबल फोनको नाम ग्यालेक्सी जेड फोल्ड टू हुनेछ । त्यसमा ६.२ इन्चको फ्रेन्च स्क्रिन हुनेछ जसलाई बाहिर खोल्दा ७.६ इन्चको फ्लक्सिबल डिस्प्ले देखा पर्नेछ ।

सामसुङले गत वर्ष आफ्नो पहिलो फोल्डेबल फोन, ग्यालेक्सी फोल्ड ल्याएको थियो । त्यस्तै सन् २०२० को सुरुवातमा उसले दोश्रो फोल्डेबल फोनको रुपमा ग्यालेक्सी जेड फ्लिप ल्याएको थियो ।

दुई नयाँ ट्याब्लेट

सामसुङले एस सेभेन सिरिजका दुई नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । ती दुई नयाँ ट्याबलेट ट्याब एस सेभेन र एस सेभेन प्लसले फाइभ जी सपोर्ट गर्ने बताइएको छ । ट्याब सेभेनको सुरुवाती मूल्य ८ सय ४९ डलर र एस सेभेन प्लसको सुरुवाती मूल्य १०४९ डलर रहेको छ ।

नयाँ स्मार्टघडी र एयरफोन

सामसुङले ल्याएको नयाँ स्मार्टवाच ग्यालेक्सी वाच थ्रीको मूल्य ३ सय ९९ डलर र ग्यालेक्सी बड्स लाइभ एयरफोनको मूल्य १ सय ६९ डलर तोकिएको छ ।

अगष्ट २१ देखि बजारमा

समाचार अनुसार सामसुङले सार्वजनिक गरेका नयाँ ग्याजेटहरु मध्ये फोल्डेबल स्मार्टफोन बाहेकका ग्याजेटहरुको यहीँ बुधबार देखि पि्रअर्डर खुल्ला हुने र आगामी अगष्ट २१ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।

एजेन्सी

source: onlinekhabar

please contact for web hosting and domain registration

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.