Neumine pvt. ltd. Today's Quick Review
                               

Quick Browsing | Quick Review | 24hr live
Read All >>Click Here सबै पड्नुहोस >>
youtube.com Facebook.com Tiktok Worldometer BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free [target="blank"]Fans Share  [target="blank"] हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से  u मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


स्मार्टफोन बजारमा एप्पललाई पहिलोपटक उछिन्यो शाओमीले

स्मार्टफोन बजार हिस्सामा चिनियाँ कम्पनी शाओमीले पहिलोपटक एप्पललाई उछिनेको छ। अघिल्लो वर्षभन्दा यसपालि बजार हिस्सा ४२ प्रतिशत बढेसँगै शाओमीले स्मार्टफोन बजारमा आफूलाई तेस्रो नम्बरमा उकालेको छ।

हिन्दुस्तान टेकका अनुसार स्मार्टफोन बजार हिस्सामा सामसुङ पहिलो स्थानमा छ भने हुवावे दोस्रो। अहिले शाओमी तेस्रो स्थानमा परेको छ एप्पल चौथोमा।

बजार अनुसन्धान कम्पनी इन्टरनेसनल डाटा कर्पोरेसनका अनुसार एप्पलले यो वर्षको तेस्रो त्रैमासिकमा गत वर्षको यही अवधिमा भन्दा १०.६ प्रतिशत कम आइफोन बिक्री गरेको छ। 

यसले गर्दा एप्पलको बजार हिस्सा ११.८ प्रतिशत मात्र भएको छ। शाओमीको भने यसपालि १३.१ प्रतिशत पुगेको छ।

शाओमीको यो बजार विस्तार भारत र चीनमा भएको ठूलो फाइदाका कारण भएको म्याकरुमर्सले बताएको छ।

२२.७ प्रतिशत बजार हिस्सा ओगट्दै सामसुङ पहिलो स्थानमै छ। यो वर्ष सामसुङको बिक्रीमा २.९ प्रतिशत वृद्धि भएको इन्टरनेसनल डाटा कर्पोरेसनले जनाएको छ।

त्यस्तै दोस्रो नम्बरमा १४.७ प्रतिशत बजार हिस्सा ओगटेर हुवावेले आफ्नो स्थान बनाएको छ। तर गत वर्षको तुलनामा यसको बिक्री २२ प्रतिशत कम भएको छ।

शाओमी र एप्पलपछि पाँचौं नम्बरमा भिभो छ जसले ८.९ प्रतिशत बजार हिस्सा ओगटेको छ। भिभोको पनि यो वर्ष बिक्री ४.२ प्रतिशत बढेको छ।

कुनै समय विश्व स्मार्टफोन बजारमा एक नम्बरमा रहेको एप्पल यसपालि पहिलोपटक चौथो स्थानमा परेको हो। रिर्पोटका अनुसार एप्पलले यो वर्षको मध्यतिर ४ करोड १२ लाख उपकरणहरु निर्यात गरेको थियो। जुन गत वर्ष पठाएको उपकरणसंख्या भन्दा ५० लाख कम हो। 

यस वर्ष एप्पलले आइफोन-१२ सिरिज ढिलो सार्वजनिक गर्नाले बजारमा ओरालो लाग्न सक्ने अनुमान अगाडि नै गरिएको थियो। एप्पलले प्रायः नयाँ आइफोन सेप्टेम्बरमै सार्वजनिक गर्थ्यो। यस वर्ष कोरोना महामारीका कारण एक महिनापछि सर्‍यो।

इन्टरनेसनल डाटा कर्पोरेसनको रिर्पोट अनुमान अनुसार आइफोन-१२ को बढ्दो माग सँगै एप्पलले अर्को वर्ष बजार हिस्सामा पुरानै स्थान हासिल गर्नेछ।

source: setopati

please contact for web hosting and domain registration

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.