Neumine pvt. ltd. Quick Review
                               

Banner ads only $3000/month pls contact
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com
Live.com Top 50 websites Top youtube Channels google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई जरिवाना तिराइने

२ माघ, चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ ।

भरतपुरको वाइपास सडक विस्तारको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवालाई पेनाल्टी (जरिवाना) हुने भएको हो । पटकपटक थपिएको म्याद पुस मसान्तभित्र सकिएपछि कार्यालयले सो कम्पनीलाई जरिवाना तिराउन लागेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार ठेक्का सम्झौताको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ । सम्झौता र थपिएको म्याद सकिए पनि कामको जिम्मा सोही कम्पनीलाई हुने तर जरिवाना तिरेर मात्रै काम गर्नुपर्ने डिभिजन प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ ।

कोरोना भाइरस र लकडाउनका कारण काम प्रभावित भएको भन्दै पछिल्लो पटक पुस मसान्तसम्म म्याद थप गरिएको थियो । तर उक्त कम्पनीले अहिलेसम्म ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कार्यालय प्रमुख अधिकारीले अब मिति थप नहुने जानकारी दिए ।

निर्माण कम्पनीले मिति सकिए पनि जरिवाना तिरेर अधिकतम २ सय दिनसम्म काम गर्न पाउँछ । सो अवधिमा पनि काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध हुने कानुनी व्यवस्था छ । २०७३ चैत ९ गतेदेखि शुरु भएको सडक विस्तारको काम २०७४ चैत १८ गतेसम्म सम्पन्न भइसक्नुपर्ने थियो । १५ महिनामा सक्नुपर्ने काम ४ वर्ष पुगिसक्दा पनि अझै पूरा हुन सकेको छैन । यस अवधिमा पाँच पटकसम्म म्याद थप भइसकेको कार्यालयले जनाएको छ ।

१२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएको सो कम्पनीले सडक विस्तारको काम पेटी ठेकेदारलाई दिएको छ । अलि अलि काम गरे जस्तो देखाउने, भुक्तानी लिने र महिनौंसम्म ठेकेदार हराउने सो क्षेत्रका स्थानीय बताउँछन् ।

ठेकेदारले केही ठाउँ कालोपत्रे गरे पनि गुणस्तर राम्रो छैन । सुरुमा वसपार्कदेखि आँपटारीसम्म ४.४ किलोमिटर डेडिकेटेड डबल लेन बनाउने भनिएको थियो । पछि चार लेनको बनाउने भनियो । ठेक्काको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवाले वसपार्कदेखि विशालचोकसम्म २.४ किलोमिटर मात्रै सडक विस्तार गर्ने गरी ठेक्का पुनरावलोकन भयो ।

घटेको दूरीको सडक पनि विस्तार नगरेर ठेकेदारले हैरान पारेको इन्जिनियरहरु बताउँछन् । सडकको दुबैतर्फ नाली अनिवार्य भने पनि सबै ठाउँमा नाली बनाएको छैन ।

बाँकी खण्ड विशालचोकदेखि आँपटारीसम्म भागलाई दोस्रो प्याकेज बनाएर रायमाझी पशुपति जेभी कम्पनीलाई ठेक्का दिइएको छ । केही समयअघि मात्रै ठेक्का सम्झौता भएको दोस्रो प्याकेजको काम अघि बढेको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

दुई बर्षभित्र चार लेन बनाउने सडक २६ करोडमा ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ भाग दुईतर्फी नालीसहित २४ मिटर र पिच १४ मिटर हुनेछ । पहिलो प्याकेज ठेक्काको सर्भिस लेन भने डिभिजन कार्यालयले अलग्गै बनाउने छ ।

source: onlinekhabar

Enter new domain name to register

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.