neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


के कोरोनाभाइरसमा भएका परिवर्तनले त्यसलाई थप सङ्क्रामक बनाउँदैछ?

कोरोना भाइरस
GETTY IMAGES

संसारमा पहिलोपटक एकैदिन अढाइ लाख मानिस सङ्क्रमित भएको कीर्तिमानले यो भाइरस चीनमा देखा परेयता कसरी निरन्तर फैलिरहेको छ भन्ने देखाउँछ।

अहिले संसारभर फैलिरहेको कोरोनाभाइरस चीनमा देखा परेको कोरोनाभाइरस जस्तै स्वरूपको भने होइन।

कोभिड-१९ रोग गराउने सार्स-कोभ-टु नामक यो कोरोनाभाइरस फैलँदै गर्दा आफैँ पनि स्वरूप परिवर्तन गर्दैछ।

वैज्ञानिकहरूले उक्त भाइरसको जीनमा हजारौँ थरी म्युटेसन वा परिवर्तनहरू भएको पाएका छन् तर त्यसमध्ये हालसम्म एउटा परिवर्तनले चाहिँ भाइरसको व्यवहार नै बदलिदिएको ठानिएको छ।

परिवर्तनको प्रभाव कस्तो?

यो परिवर्तनबारे महत्त्वपूर्ण प्रश्न यसले भाइरसलाई थप सङ्क्रामक वा थप घातक बनाएको छ कि छैन भन्ने हो।

र यो परिवर्तनले भविष्यमा बनाइने खोपको सफलतामा प्रभाव पार्छ कि पार्दैन?

अन्य फ्लुजस्ता भाइरसको तुलनामा कोरोनाभाइरसमा वास्तवमा सुस्त गतिमै परिवर्तन भइरहेको बताइन्छ।

मानव जनसङ्ख्यामा यसप्रति न्यूनस्तरको प्राकृतिक प्रतिरोधात्मक क्षमता, खोपको अभाव तथा थोरै प्रभावकारी उपचारको उपलब्धताका कारण भाइरसलाई खासै परिवर्तित हुनुपर्ने खाँचो पनि परेको छैन।

अहिले महत्त्वपूर्ण देखा परेको म्युटेसन जसलाई D614G नाम दिइएको छ त्यसले भाइरसको स्पाइक वा बाहिरी तीखो भागमा रहेको प्रोटिनमा परिवर्तन गरेको छ। यही भागको प्रयोग गरेर भाइरस मानिसको कोषभित्र पस्छ।

यो परिवर्तन वुहानमा प्रकोप भएको केही समयपछि इटलीमा सङ्क्रमण फैलिरहेको समयमा देखा पर्न थालेको हो।

अहिले विश्वमा फैलिएको कोरोनाभाइरसको ९७ प्रतिशत यही परिवर्तित स्वरूपको पाइएको छ।

विकासक्रमको प्रभाव

हावी भएको पाइएको यो परिवर्तित स्वरूपले भाइरसलाई कुनै फाइदा पुर्‍याएको छ वा यो केवल सम्भावनाको खेलमात्र हो भन्ने प्रश्न उठेको छ।

भाइरसहरूले कुनै महान् योजना बनाउँदैनन्।

ती निरन्तर स्वरूप परिवर्तन गरिरहन्छन्।

कुनै परिवर्तनले तिनलाई आफ्नो सङ्ख्या बढाउन मद्दत पुग्छ भने कुनैले पुग्दैन। अन्य कतिपय परिवर्तन तटस्थ प्रकारका हुन्छ।

जुन परिवर्तन अहिले व्यापक बनेको छ त्यो हावी हुनुको कारण शायद त्यो प्रकोपको सुरुमै देखापरेकाले हुनसक्छ।

युनिभर्सिटी कलेज लण्डनकी डा लुसी भान डोर्प यस्तै ठान्छिन्।

तर बढ्दो सङ्ख्याका भाइरसविज्ञहरूले भने यो परिवर्तनमार्फत् भाइरसलाई उसको विकासक्रममा फाइदा पुगेकोले यही हावी भएको ठान्छन्।

तीमध्ये एक हुन् युनिभर्सिटी अफ शेफिल्डका डा. थुसन डि सिल्भा।

उनका अनुसार यो परिवर्तित स्वरूपको भाइरस थप सङ्क्रामक भएको पर्याप्त प्रमाण नभएपनि यो तटस्थ भने नभएको बताउँछन्।

प्रयोगशालामा गरिएका परीक्षणमा यो परिवर्तित भाइरस मानवकोषमा पस्न ज्यादा सक्षम भएको पाइएको फ्लोरिडाका स्क्रिप्स युनिभर्सिटीका प्राध्यापकद्वय हेर्‍युन चो तथा माइकल फार्जानले बताए।

यसको स्पाइक प्रोटिनमा भएको परिवर्तनका कारण यो मानव कोषमा थप सहजताका साथ टाँसिन र थप प्रभावकारी रूपमा काम गर्न सक्ने देखिएको छ।

न्यूयोर्क युनिभर्सिटीका जिनोम टेक्नोलोजी सेन्टरका डा. नेभिल सन्जनाको टोलीले उनको प्रयोगशालामा परिवर्तित स्वरूपको भाइरस र वुहानमा देखा परेको सुरुको प्रकारको भाइरसको तुलना गरे।

परिणामले पुरानोभन्दा परिवर्तित भाइरस थप सङ्क्रामक पाइएको उनले बताए।

प्रयोगशाला बाहिर यो परिवर्तित भाइरस थप सङ्क्रामक रहेको केही अप्रत्यक्ष प्रमाण मिलेका छन्।

दुईवटा अध्ययनमा यस किसिमको भाइरसले सङ्क्रमित बिरामीहरूको स्वाब नमुनामा धेरै परिमाणमा भाइरस रहेको भेटियो। अर्थात्, उनीहरूले अरूलाई सार्ने सम्भावना पनि बढी छ।

तर ती मानिस तुलनात्मक धेरै बिरामी भएको वा लामो समय अस्पतालमा बस्नु परेको प्रमाण भने पाइएन।

सामान्यतया, धेरै सङ्क्रामक हुनुको अर्थ धेरै घातक हुनु होइन। वास्तवमा तिनको विपरीत सम्बन्ध हुने गर्छ।

त्यसैले यो कोरोनाभाइरसको परिवर्तनले मानिसहरूलाई धेरै वा थोरै बिरामी गराइरहेको बारे प्रमाण छैन।

यस्ता कुरा पत्ता लगाउन नियन्त्रित ट्रायल अध्ययन गर्न जरुरी हुन्छ।

खोप विकासमा कस्तो असर?

अहिले समग्रमा हेर्दा नयाँ परिवर्तित भाइरस नै जताततै पाइएको छ। अर्थात् कोरोनाभाइरसको D614G स्वरूप नै अहिले महामारीको कारक बनिरहेको छ।

के यसले हाल भइरहेको खोप विकासमा असर पार्ला त? ढुक्क बनाउने विषय के छ भने प्राय: वैज्ञानिकहरूले खोप विकास गर्ने क्रममा भाइरसको स्पाइकको अर्कै भागमा (न कि परिवर्तित देखिएको भागको) ध्यान दिइरहेका छन्।

साथै परिवर्तित भाइरस पनि एन्टीबडीप्रति उत्तिकै सम्वेदनशील पाइएको छ। ती एन्टीबडीले या त खोपमार्फत् या त रोग लागेका कारण शरीरलाई प्रतिरोधी क्षमता दिलाउँछ।

जेहोस् भाइरसको स्वरूपमा भइरहेको वा हुनसक्ने परिवर्तनप्रति भने वैज्ञानिकहरू चनाखो छन्।

source: bbcnepali

For Web hosting and Domain Registration/Renew: Contact No. : +977 9810125888

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.