neumine Quick Review
                               

Quick Browsing / Latest Updates/ Top Highlights
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok
BBC Live CNN Live Yahoo Msn Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


कोरोना भाइरस खोपः चीनले तयार पारेको कोभिड-१९ खोपका बारेमा हालसम्म थाहा भएका कुरा

सिनोभ्याकको खोप

कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप तयार पार्ने विश्वव्यापी प्रयास जारी रहँदा चीनले यस दिशामा केही उल्लेख्य उपलब्धि हासिल गरेको जस्तो देखिएको छ।

तयार हुँदै गरेका खोपमध्ये अग्रपङ्क्तिमा रहेको सिनोभ्याक नामक कम्पनीले तयार पारेको खोप देशबाहिर समेत पठाइसकिएको छ।

राजधानी बेइजिङमा अवस्थित उक्त औषधि निर्माता सिनोभ्याक कम्पनीले तयार पारेको कोभिड-१९ विरुद्धको खोपको पहिलो खेप इन्डोनेशिया पुगेको छ।

त्यहाँ धेरै मानिसहरूलाई उक्त खोप दिने तयारी थालिएको छ। उक्त खोपको दोस्रो खेप १८ लाख मात्रा आगामी ज्यानुअरी महिनामा त्यहाँ पुग्नेछ।

तर उक्त खोपको परीक्षणको अन्तिम चरणहरू सम्पन्न भइसकेका छैनन्।

त्यसैले पनि प्रश्न उठ्छ यो चिनियाँ खोपका बारेमा हालसम्म सार्वजनिक रूपमा थाहा भएका कुराहरू के के छन् त?

सिनोभ्याकले बनाएको र अरू खोपहरूबीचको भिन्नता के हो?

सिनोभ्याकले बनाएको कोरोनाभ्याक नाम गरेको खोप निष्क्रिय प्रकृतिको खोप हो जसले रोगप्रति कुनै गम्भीर प्रतिक्रिया उत्पन्न नहुने गरी मृत भाइरल कणहरूको मद्दतले मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउने काम गर्दछ।

मोडेर्ना र फाइजरका खोपहरू ‘एमआरएनए भ्याक्सिन’ वर्गमा पर्दछन् जसको अर्थ कोरोनाभाइरसको ‘जेनेटिक कोड’ को केही अंश मानिसको शरीरमा पठाइन्छ र त्यसपछि शरीरले सम्पूर्ण भाइरस नभई केही भाइरल प्रोटिन मात्र निर्माण गर्न थाल्छ। त्यो शरीरको रोगप्रतिरोधी क्षमतालाई रोगको कारक भाइरसमाथि आक्रमण गर्न प्रशिक्षित तुल्याउन पर्याप्त हुन्छ।

दस्तावेजहरूमा उल्लेख भए अनुसार सिनोभ्याकको सकारात्मक पक्ष भनेको त्यो अक्सफर्डको खोपजस्तै २-८ डिग्री सेल्सियसको तापक्रममा पनि सुरक्षित भण्डारण गरेर राख्न सकिन्छ।

मोडेर्नाको खोपलाई माइनस २० डिग्री र फाइजरको खोपलाई माइनस ७० डिग्री सेल्सियसमा सुरक्षित भण्डार गर्नुपर्छ।

सिनोभ्याक र अक्सफर्ड-आस्ट्राजेनेका दुवैको खोप विकासशील देशहरूका लागि धेरै उपयोगी छन् जहाँ ठूलो मात्रामा खोपलाई त्यस्तो अति न्यून तापक्रमा भण्डारण गर्ने क्षमता सहज रूपमा उपलब्ध छैन।

सिनोभ्याकको खोप कत्तिको प्रभावकारी छ?

अहिले नै यस बारेमा केही भन्न सकिन्न। प्रतिष्ठित वैज्ञानिक जर्नल ल्यान्सेटमा प्रकाशित विवरणका अनुसार यो कोरोनाभ्याकको प्रथम र दोस्रो चरणका परीक्षणहरूको नतिजा मात्रै ज्ञात छ।

उक्त रिपोर्टका लेखक मध्यका एक झु फेङ्चाइका अनुसार ती अनुसन्धान नतिजाहरू प्रथम चरणमा १४४ जना र दोस्रो चरणमा ६०० जनामा गरिएको परीक्षणबाट प्राप्त तथ्याङ्क हुन्।

त्यसको अर्थ खोप “आप‌त्कालीन अवस्थामा प्रयोग गर्न मात्र उपयुक्त” छ।

कम्पनीले अन्तिम चरणको परीक्षण अक्टोबर महिनामा ब्रजिलमा आरम्भ गरेको थियो, जुन नोभेम्बरमा केही समयका लागि रोकिएको थियो।

ब्रजिललाई खोप हस्तान्तरण

ब्रजिलमा सिनोभ्याकको साझेदार बुटानटान इन्स्टिट्यूटको भनाइमा सिनोभ्याकले १५ डिसेम्बरसम्ममा यो परीक्षणको नतिजा सार्वजनिक गर्न सक्छ।

सिनोभ्याकले वर्षमा खोपको कति मात्रा उत्पादन गर्न सक्छ?

सिनोभ्याक्ले उस्को नवनिर्मित कारखानामा खोपको वार्षिक ३० करोड मात्रा उत्पादन गर्न सक्ने कम्पनीका अध्यक्षले चिनियाँ सञ्चारमाध्यम सीटीजीएनलाई बताएका छन्।

अन्य खोप जस्तै यो चिनियाँ खोप पनि हरेक व्यक्तिले दुई मात्रा लगाउनुपर्छ।

अर्थात्‌ एक वर्षमा १५ करोड मानिसले मात्र यो खोप प्राप्त गर्न सक्ने देखिन्छ। यो सङ्ख्या चीनको जनसङ्ख्याको दश भागको एक भाग मात्र हो।

तर चीनले इन्डोनेशियामा खोप पठाइसकेको छ भने टर्की, ब्रजिल र चिलेसँग पनि खोप आपूर्तिका लागि सिनोभ्याकले सम्झौता गरिसकेको छ।

खोपको मूल्य कति पर्छ भन्ने स्पष्ट भइसकेको छैन। तर यो वर्ष केही अघि चीनको जिआशिङ् शहरले खोपको दुई मात्राका लागि २०० युआन मूल्य तोकेको थियो जुन हालको विनिमय दर अनुसार झण्डै ३० अमेरिकी डलर वा लगभग ३६ सय नेपाली रुपैयाँ जति हुन्छ।

यो अक्सफर्डको खोपभन्दा धेरै महँगो मूल्य हो जसको मूल्य प्रतिमात्रा चार अमेरिकी डलर पर्छ। तर मोडेर्नाको खोपको दाँजोमा भने त्यो मूल्य कम हो।

मोडेर्नाको खोप एक मात्राको ३३ डलर पर्ने बताइएको छ।

source: bbc nepali

please contact for web hosting and domain registration

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.