neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक : अर्थमन्त्री

१ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले आर्थिक वर्ष २०७६/७७ को समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको उल्लेख गरे । ‘समग्रमा ७१ प्रतिशत बजेट खर्च भएको छ’, उनले भने, ‘जुन अवस्थामा हामीले बजेट कार्यान्वयन गर्न सक्यौं, यो राम्रो हो ।’

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षमा आफूले संशोधन गरेको बजेटका लक्ष्य भने पूरा गर्न सफल भएको दावी गरे । यद्यपि यो वर्ष पुँजीगत खर्चको लक्ष्य भने सरकारले पूरा गर्न सकेन ।

अर्थमन्त्री डा. खतिवडाका अनुसार अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो कुल विनियोजनको ७५ प्रतिशत मात्र हो । यस अवधिमा सरकारले १० खर्ब ९४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।

१५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले गत आवमा मात्र ७१ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

गत आर्थिक वर्षमा चालू खर्चमा बढी रकम खर्च भएको भन्दै अर्थमन्त्री खतिवडाले यसबाट आर्थिक वृद्धिमा असर गरेको भने स्वीकार गरे । केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशत हाराहारी नै आर्थिक वृद्धिदर कायम हुने उनको अनुमान रहेको छ ।

लकडाउनपछि कोभिड-१९ रोकथाम, प्रशासनिक र सुरक्षामा खर्च बढेको उनले बताए । असारपछि भने राजस्वले गति लिएको र खर्चसमेत बढेको उनले जानकारी दिए । यो वर्ष व्यापार घाटा न्यूनीकरणमा भने सुधार भएको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

source: onlinekhabar

For Web hosting and Domain Registration/Renew: Contact No. : +977 9810125888

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.