neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


सफलताको यात्रा : आरनदेखि प्रमुख सचिवसम्म

लोक सेवा आयोगको स्थापना भएको ६८ वर्षसम्म सरकारको सचिव पदमा एकजना पनि दलित समुदायको अनुहार देखिएन । २००७ सालअघि त दलितलाई पढ्ने अधिकार नै थिएन ।

आजको नेपाली कर्मचारीतन्त्रमा दलित समुदायबाट सचिवमा एक, सह-सचिवमा एक र उप-सचिवमा ७ जनाको उपस्थिति छ । यस्तो असमावेशी कर्मचारीतन्त्रमा दलित समुदायबाट पहिलो सचिव बनेका छन्- डा. मानबहादुर बिके । बागमती प्रदेशको प्रमुख सचिवको रूपमा पदस्थापन भएका उनले समावेशिताको पात्र बन्न पाएकोमा गर्व लागेको बताए ।

उनी कठोर संघर्ष गरेर यहाँसम्म आइपुगेका हुन् । उनी अक्षर सिक्न विद्यालय पुगेको बेला नेपाली समाजमा चर्को जातीय भेदभाव थियो । कपीकलमसँगै परालको पिरा बोकेर विद्यालय पुुग्ने उनी कथित ठूला जातका साथीहरूलाई नछोइने गरी टाढै बसेर पढ्थे ।

कहिलेकाहीँ साथीहरूले किताब खोसेर मन्दिरभित्र फ्याँकेर आपत् पार्थे । दलितलाई मन्दिर प्रवेश वर्जित छ । साथीहरूको त्यस्तो हेपाइको पीडालाई आँसुले बगाउँदै उनी स्कुल गइरहे, पढिरहे ।

आरनबाट ‘स्कुल फि’

बुबा भीमबहादुर गुजाराका लागि कमाउन भारत गएका थिए । बुबासँग गएका उनले उतै तीन कक्षा पास गरेर आए तर गाउँ फर्केर दुई कक्षामा भर्ना हुन बाध्य भए ।

पढाइलाई निरन्तरता दिन उनको लागि सहज थिएन । त्यही बेला भारतबाट खर्च आउन बन्द भएपछि उनी हजुरबुबासँग आरनमा बसेर घन ठोक्न थाले, ताप्के र दिउरी बनाएर बाटोमा बिक्री गर्न हिँडे ।

‘कहिलेकाहीँ तानसेनसम्म पुगेर बिक्री गरिन्थ्यो’, उनी सम्झन्छन्, ‘सामान बेचेको पैसाले फलाम किनेर ल्याउँथें, स्कुलको फि तिर्ने पैसा पनि त्यहीँबाट निस्कन्थ्यो । त्यसरी नै एसएलसी पास गरियो ।’

मानबहादुर पाल्पाको लघुवामा रहेको घरबाट दैनिक चारघण्टा हिँडेर भैरवस्थानको स्कुल ओहोरदोहोर गर्थे । बाटोमै धेरै समय बित्ने हुनाले पढाइमा सोचेजति ध्यान दिन नसकिएको उनी बताउँछन् ।

एसएलसीको तयारी गर्ने बेला उनलाई झन् ठूलो आपत् आइलाग्यो । बाबा कान्छीआमासँग भारतमा थिए, सुत्केरी हुन आँटेकी आफ्नी आमा र छ वर्षका भाइको जिम्मा मानबहादुरको काँधमा थियो । परीक्षाको तयारी गर्न साथीहरू तानसेन झर्दा उनी आमाका लागि स्टेचर खोज्न भौतारिँदै थिए ।

‘आमालाई अस्पताल लैजान वल्लो गाउँ र पल्लो गाउँ दौडँदा दौडँदै बिहान भयो तर स्टेचर पाइएन’, आमा सम्झँदै मसिनो स्वरमा उनले भने, ‘बिहान पख सुत्केरी भएको खबर पाएर खुसी हुँदै घर फर्किएँ ।’

सहपाठीहरू एसएलसीको तयारीमा व्यस्त भएको बेला १५ वर्षीय मानबहादुर आमाको स्याहार सुसारमा अल्झिए । भैँसी र खेतबारीको काम पनि भ्याउनुपर्‍यो । उनी भन्छन्, ‘बेलुका चुलोमा भात बसालेर अर्कोतिर सल्लाको खोटो बालेर पढ्थेँ ।’

त्यसरी अनेक तारतम्य मिलाएर २०३७ सालको एसएलसी परीक्षाको अघिल्लो साँझ तानसेन बजार पुगे ।

शिक्षामन्त्रीको हातबाट तक्मा

एसएलसी परीक्षापछि उनी मजदुरी गर्न नयाँदिल्ली पुगे । त्यहाँ इन्जिनियरको घरमा भाँडा माझ्ने काम पाए । खासमा नर्दन होटल लिमिटेडको ‘अन द जब ट्रेनिङ’ थियो त्यो । दिल्लीमै काम गर्ने मामाको प्रयासमा मानबहादुरले त्यो अवसर पाएका थिए ।

उता घरेलु काममा घोटिएको बेला पाल्पाबाट काकाले एसएलसीको रिजल्ट आएको खबर गरे । ‘फर्स्ट डिभिजनमा पो पास भएछु’, उनी भन्छन्, ‘पश्चिम पाल्पामा सबैभन्दा धेरै अंक मेरै आएछ ।’ त्यो खुसीको बेला उनले आमालाई बहुत सम्झे । त्यति बेला अहिले जस्तो बात मार्न फोन थिएन ।

काकाले एसएलसीको मार्कसिट र प्रमाणपत्र हुलाकबाट पठाएपछि मानबहादुरले घरमालिकलाई देखाए । ती इन्जिनियरले सरकारी जागिरको परीक्षा दिने चाँजोपाँजो मिलाइदिए । मानबहादुर पास पनि भए ।

त्यही बेला गाउँबाट शिक्षक कुलप्रसाद नेपालको चिठी आइपुग्यो- मानबहादुर तिमी नेपाल फर्किहाल । तिमीलाई सरकारले पोखरामा राखेर विज्ञान पढाउँछ । ‘अनि पाइसकेको जागिर त्यागेर पाल्पा फर्केँ’, उनी भन्छन् ।

नेपाल फर्केर शिक्षामन्त्री पशुपति शमशेर राणाबाट पदक लिएका उनको एक वर्ष आसैआसमा घरमै बित्यो । न जागिर न पढाइ भयो । त्यसपछि उनी सातु र चामल पोको पारेर तानसेन हान्निए । एक मात्र आशाको केन्द्र थिए- भिनाजु ।

भिनाजुले तामाको भाडा बनाउने काम गर्थे । त्यहीँ गएर भाडा बनाउने कोठाको एउटा कुनामा झोला थन्क्याए । ‘रहर त विज्ञान पढ्ने थियो तर पैसा नभएकोले तानसेन क्याम्पसमा कमर्सका लागि भर्ना भएँ’, उनी भन्छन्, ‘खर्च जुटाउन ट्युसन पढाउन थालेँ ।’

अलिपछि जनता माध्यमिक विद्यालयमा बेलुकी पखको कक्षा पढाउने मौका पाएपछि निकै राहत भयो । तलब थियो- मासिक ४५ रुपैयाँ । पढाउँदा-पढाउँदै अस्थायी शिक्षकमा नाम पनि निकाले । तलब छ सय पुग्यो । अलिपछि प्राथामिक तहको स्थायी शिक्षकमा नाम निकालेपछि आत्माविश्वास झन् बढ्यो ।

०४३ सालमा लोकसेवा आयोगको सहलेखापालमा नाम निकाले । उनी शिक्षकको काम छोडेर अर्घाखाँची पुगे । अनि सुरु भयो मानबहादुरको निजामती यात्रा ।

त्यसबेला मानबहादुरले आइकम सकेका थिए । सुर्खेत पुगेर नायब सुब्बाको परीक्षा दिएको, त्यसमा पनि उत्तीर्ण भइहाले । ०४५ सालमा बिकम सकेपछि उनका अगाडि दुई विकल्प थिए- नायब सुब्बा भएर दुर्गममा जाने वा हवाई विभागमा खरदारको जागिर खाँदै काठमाडौंमा मास्टर्स गर्ने ।’ मानबहादुरले खरदार रोजे ।

अनि डेराबाट निकालिए

सरकारी जागिरे भएकोले काठमाडौंमा डेरा पाउन त्यति गाह्रो भएन उनलाई । थापागाउँको एक ब्राहृमणको निवासमा बस्न थाले । त्यसबेला निजामतीमा दलित नगन्य थिए, त्यसैले घरबेटीले जात सोध्ने कुरै भएन ।

केही महिना ठीकठाकै चल्यो तर कसैले घरधनीलाई मानबहादुरको जात बताइदिएछ । त्यसपछि तत्कालै उनी निकालिएर बुद्धनगरमा साथीको डेरामा शरण लिन पुगे ।यो पनि पढ्नुहोस‘५० लाख युवालाई तत्काल रोजगारीमा नलगाए भोकमरी निम्तिन्छ’

त्यतिबेला जातीय विभेदविरुद्ध बलियो कानुन थिएन । मनमा इख लिएर पढाइसँगै भेटेजतिका संघसंस्थामा अधिकृतस्तरको जागिरको र्फम भर्न थाले । ‘त्यतिबेला कम्तीमा १० वटा संस्थामा परीक्षा दिएँ होला’, मानबहादुर भन्छन्, ‘सबैको लिखितमा नाम निस्कियो, केहीको अन्तर्वार्तामा फालिएँ ।’

उनले ०४६ सालमा लोकसेवाको शाखा अधिकृत र त्यसको सात महिनापछि लेखा अधिकृतमा नाम निकाले । नासुको जागिर छोडेर काठमाडौं आएका मानबहादुर ०४७ मा लेखा अधिकृत बनेर कपिलवस्तु पुगे । त्यसपछि काभ्रे, ललितपुर हुँदै कृषि मन्त्रालय आइपुगे । उनी जहाँ पुग्थे, त्यहीँको क्याम्पस पढाउँथे ।

पहिलो सीडीओ

०५३ मा उनी नेपाल सरकारबाट अध्ययन बिदा लिएर सीए पढ्न भारतको कानपुर गएका थिए । भर्नाको प्रक्रियामा रहेकै बेला जापानमा पढ्ने अवसर आइपुग्यो । ‘अनि जापानबाट कृषि सहकारी व्यवस्थापनमा डिप्लोमा र नेडरल्याण्डबाट पोस्ट ग्राजुएट गरेँ’, बिके भन्छन्, ‘विद्यावारिधिचाहिँ सन् २०१० त्रिभुवन विश्वविद्यालयबाटै गरेको हुँ ।’

उनले पढाइलाई जागिरसँगै अगाडि बढाए । ०६७ मा लोकसेवाले सहसचिव पदका लागि दरखास्त आहृवान गर्‍यो । त्यसमा भिडेर डा. मानबहादुर बिके दलित समुदायका तर्फबाट पहिला र एक्ला सह-सचिव बने ।

सहसचिव भएपछि समुदायसँग नजिक रहेर काम गर्न पाइने भएकाले उनको रोजाइ गुह मन्त्रालय थियो । यसको करिब-करिब टुङ्गो पनि लागिसकेको थियो । उनी भन्छन्, ‘तर श्रम तथा यातायात मन्त्रालयको श्रम तथा रोजगार विभागको महानिर्देशकमा नियुक्ति भएको अनपेक्षित चिठी पाएँ ।’


मानबहादुर विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । एकदिन गृहमन्त्री विजयकुमार गच्छादारले बोलाएर बडो अनपेक्षित कुरा गरे । उनले भने, ‘कर्मचारीतन्त्रलाई समावेशी बनाउन तपाईंलाई सीडीओ बनाउने निर्णय गरेका छौं ।’

मानबहादुर खुसी हुँदै प्रमुख जिल्ला अधिकारी बनेर ०६९ मा बर्दिया पुगे । त्यसबेला उनले आफ्नो कार्यशैलीबारे घोषणा गरेका थिए-सुरक्षासम्बन्धी संवेदनशील विषयबाहेकको कुरामा कार्यालयको गोप्य कोठा प्रयोग नगर्ने, कार्यालय प्रयोजनको विषयमा निवासमा भेटघाट नगर्ने, सीडीओको जिम्मेवारीमा रहँदासम्म निजी निम्तामा सरिक नहुने र मासिक तथा त्रैमासिक रूपमा नागरिक-कर्मचारी अन्तरक्रियासहित त्रैमासिक कामको जानकारी गराउँछु ।

सीडीओको रूपमा जहाँ पुग्दा पनि उनले यो आचारसंहिता लागू गरे । सेवा प्रवाहमा सरलीकरण कार्ययोजना बनाएर ब्रोसरको रूपमा वितरण गरे । त्यसमा कुन सेवा कुन कोठामा कसरी पाइन्छ भन्ने उल्लेख हुन्थ्यो । सेवाग्राही नअल्मलिऊन्, बिचौलियाको चंगुलमा नपरून भने उनले त्यसो गरेका थिए ।

‘नागरिकले निवेदन लेख्न, फारम भर्न बिचौलियालाई रकम दिन नपरोस् भनेर देशमै पहिलो पटक हेल्प डेस्क सुरु गरेँ’, उनी भन्छन्, ‘त्यसलाई पछि गृह मन्त्रालयले आफ्नो कार्ययोजना नै बनायो ।’

मानबहादुरले सीडीओ रहँदा जिल्ला प्रशासन कार्यालयको वेभसाइट बनाएर सबै जानकारी राख्ने कामको पनि थालनी गरे । वेभसाइटमा जिल्ला प्रशासनबाट अदालतमा गएको दैनिक, साप्ताहिक, मासिक पेशी सूची र मितिहरू पनि हुन्थ्यो । उनी भन्छन्, ‘त्यतिबेला सर्वोच्च अदालतमै पनि पेशी सूची यसरी वेभसाइटमा राख्ने व्यवस्था थिएन ।’
उनी बर्दियापछि तनहुँ, चितवन, सिराहा र मकवानपुरको सीडीओ बने । जहाँ पुगे, यिनै कुरालाई निरन्तरता दिए ।

मकवानपुरको सीडीओ रहेको बेला डा. मानबहादुर बिके पोस्ट डक्टरेट अध्ययनका लागि फुलब्राइट स्कलरसिप पाएर अमेरिकाको ब्राण्डाइज युनिभर्सिटी पुगे । त्यहाँ उनलाई विभिन्न विश्वविद्यालय र संघसंस्थाहरूमा लेक्चर दिने अवसर मिल्यो । त्यही अध्ययनको आधारमा उनले ‘इराडिकेटिङ हङ्गर’ नामक पुस्तकको सहलेखन पनि गरे ।

प्रदेश सचिवको यात्रा

अमेरिकाबाट फर्किएसँगै उनले नयाँ भूमिका पाए- प्रदेश ५ को प्रदेश सभा सचिव । त्यतिबेला उनले संसदीय संवाद केन्द्र स्थापना गरेर नयाँ काम थालेका थिए ।

औपचरिक छलफलमा सहभागी हुनुभन्दा अगाडि प्रदेशसभा सदस्यहरूलाई सम्बन्धित विषयका विज्ञबाट प्रशिक्षित गर्ने यो कामले अहिले पनि निरन्तरता पाइरहेकोमा उनी खुसी छन् ।

प्रदेश ५ पछि उनी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिव हुन पुगे । त्यहाँ देशकै नमुनाको रूपमा एकीकृत स्वास्थ्य सेवाको सुरुवात गरेको उनी बताउँछन् ।

स्वास्थ्य क्षेत्रमा जिल्ला र प्रदेशमा धेरै निकाय रहँदा सेवाग्राहीका लागि अलमल र राज्यलाई पनि सेवा प्रवाह महँगो परिरहेको देखेर एकीकृत सेवा सुरु गरेको उनी बताउँछन् । प्रदेश सरकार मातहतका धेरै किसिमका तालिम केन्द्रलाई एकीकृत पार्न मानव संसाधन विकास केन्द्र स्थापनामा पनि उनको महत्वपूर्ण भूमिका रहृयो ।

जिम्मेवारीमा हुँदा गरिने नयाँ कामले उत्प्रेरणा दिने उनको अनुभव छ ।

कर्णालीबाट युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार सरुवा भएर आएको केही समयमा नै डा. मानबहादुर विश्वकर्माले विशिष्ट श्रेणीको सचिवमा बढुवा भएर दलित समुदायबाट इतिहास रचेका छन् ।

‘आफ्नो निकायको सेवालाई नतिजामूलक बनाउन केन्दि्रत हुनेछु’, उनी भन्छन्, ‘नयाँ ढंगले काम गर्नुमा मेरो रूचि छ ।’

source: onlinekhabar